Janakpurdham
Tue, Sep 22, 2026
`

कांग्रेसले मधेस प्रदेशमा पौष ५ र ६ गते प्रदेश सम्मेलन भव्य बनाउन उप समितीहरु गठन

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,मंसिर २३ गते । पौष ५ र ६ गते नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा हुने प्रथम प्रदेश सम्मेलनलाई भव्यताका साथ सम्पन्न हुने भएको छ ।नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिको बैठक सभापति कृष्ण प्रसाद यादवको सभापतित्वमा कार्यसम्पादन समितिको पदाधिकारी एवं सदस्यहरुको बैठक धनुषाको पार्टी कार्यालमा बिहिवारको दिन सम्पन्न भएको छ ।
उक्त बैठकले निणर्य नं. १ मा मिति २०८०  पौष ५ र ६ गते नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा हुने प्रथम प्रदेश सम्मेलन लाई भव्यताका साथ सम्पन्न गर्ने र उपसमितिहरु गठन गर्ने निणर्य गरिएको छ ।
सो मधेश प्रदेश सम्मेलन मुल आयोजक समितिका संयोजक- नेपाली कांग्रेस मधेश प्रदेशका प्रदेश सभापती,का सदस्य- पदाधिकारीहरु,नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति सदस्य,नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय सभापती,मधेश प्रदेश नगरपालिका महासंघ अध्यक्ष सदस्य र मधेश प्रदेश गाउँपालिका महासंघका अध्यक्ष सदस्य मधेश प्रदेशका भातृ/शुभेच्छुक संघ संस्थाका प्रमुख सदस्यहरु लगायतको उपस्थिति रहने छ ।


त्यस्तै अर्थ समितिका संयोजक प्रदीप कुमार यादव, कोषाध्यक्ष,सहमहामन्त्री जय नारायण प्रसाद यादव तथा सदस्यमा ममता महतो,सितल प्रसाद यादव,रामबाबु साहलाई जिम्मेवारी दिइएको छ ।
 त्यस्तै आर्थिक व्यवस्थापन समितिका संयोजक- मा.नागेन्द्र प्रसाद साह तथा सदस्य बिन्दु कुमारी यादव (सहमहामन्त्री), मा.शेष नारायण यादव (प्रदेश सदस्य),नितेश कुमार गुप्ता (प्रचार विभाग प्रमुख),पाण्डव मण्डल (प्रदेश सदस्य),सुनिल ठाकुर (प्रदेश सदस्य),सोनी बोम्जन (प्रदेश सदस्य), राजेश गिरी (प्रदेश सदस्य) र जवाहर यादव (गाउँपालिका महासंघ अध्यक्ष) लाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक- मा.शेष नारायण यादव तथा सदस्यमा जिवनाथ चौधरी,सुरेश प्रसाद यादव, राजकिशोर यादव र ललित साह,सुधीर किशोर यादवलाई जिम्मेवारी दिइएको छ भने मंच व्यवस्थापन समितिका संयोजक बजरंग यादव लगायत सदस्यमा शर्मिला थापा,भावना ढुंगेल,अंजु झा ,राकेश बिक्रम साह,शिव शंकर गोइत(साधु) र सुरेश ठाकुरलाई जिम्मेवारी दिइएको छ ।
प्रचार प्रसार समितिका संयोजक नितेश कुमार गुप्ता र सदस्य- सुचना संचार तथा प्रचार प्रसार विभाग सदस्यहरु पनि जिम्मेवारी दिइएको छ । स्वयम सेवक परिचालन समितिका संयोजक- सुर्य बहादुर थापा ( भातृ संघ समन्वय विभाग प्रमुख) लाई स्वयम सेवक परिचालन गर्ने जिम्मेवारी दिइएको छ ।
सो बैठक  पौष ५ र ६ गते हुने प्रथम नेपाली कांग्रेस मधेश प्रदेश सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक/सांगठनीक प्रस्ताव एवं महामन्त्रीको प्रतिवेदन तर्जुमा गर्न महामन्त्री वृहस्पती कृष्ण श्रेष्ठलाई जिम्मेवारी दिने सर्वसहमतीबाट निणर्य गरिएको छ ।
त्यस्तै आर्थिक प्रतिवेदन तर्जुमा गर्न प्रदेश कोषाध्यक्ष प्रदिप कुमार यादवको संयोजकत्वमा समिति गठन गर्ने निणर्य गरिएको मुख्यसचिव सन्तु प्रसाद यादबले विज्ञप्ती जारी बताउनु भएको छ ।

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

3 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

3 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

1 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले