Janakpurdham
Tue, Sep 22, 2026
`

महन्थसँग बढ्यो राजेन्द्र महतोको दूरी, केन्द्रीय समितिको बैठक बहिष्कार

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,मंसिर २४ गते ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीचको सम्बन्धमा दरार आएको छ । गत असोजमा पदाधिकारीसहित समिति विस्तारपछि ठाकुर र महतोको सम्बन्ध बिग्रिएको हो ।केन्द्रीय समिति विस्तारपछि पहिलो पटक आज बैठक बस्दैछ । तर, आजको बैठक नेता महतोले बहिष्कार गर्ने भएका छन् ।लोसपाको एक नेताले नेपाल प्रेससँग भने, ‘उहाँले केन्द्रीय समिति विस्तारको समयदेखि नै असन्तुष्टि राख्दै आउनुभएको थियो । आजको बैठकमा उहाँ नआउने भन्ने सुनेका छौं ।’आजको बैठकमा नआएपछि महतोको कदमबारे अध्यक्ष ठाकुरले छलफल गर्ने बताए ।ती नेताले भने, ‘अहिलेसम्म उहाँहरुको यो समस्या समाधानमा छलफल भएको छैन। अब यो बैठकपछि अध्यक्षले् उहाँसँग करा गर्नुहोला ।’लोसपामा ६३ पदाधिकारीसहित ३११ सदस्यीय कार्य समिति छन् । केन्द्रीय समितिमा एकजना अध्यक्षसहित तीनजना वरिष्ठ नेता, एकजना वरिष्ठ सहअध्यक्ष, छ जना वरिष्ठ उपाध्यक्ष, १५ उपाध्यक्ष, १६ महासचिव, ८ सहमहासचिव, ११ सचिव, कोषाध्यक्ष दुई जना, प्रवक्ता एक जना र सह कोषाध्यक्ष एक जना रहेका छन् ।’यो कमिटी विस्तारपछि आज पहिलोपटक केन्द्रीय समितिको बैठक बस्न लागेको नेता केशव झाले बताए । अब केही समयमा अनुपम फुडल्याण्डमा बैठक सुरू हुनेछ ।बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रियसभाको निर्वाचन, केन्द्रीय समिति विस्तारलगायतको विषयमा छलफल हुने जनाइएको छ ।यस्तै, संगठन निर्माण, भ्रातृ संगठन विस्तारलगायतको विषयमा पनि छलफल हुने तय भएको छ । जसपाबाट अगल भएपछि गठन भएको लोसपाले पछिल्लो समय प्रभाव जमाउन सकेको छैन ।साभार : नेपाल प्रेस

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

3 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

3 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

1 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले