
महन्थसँग बढ्यो राजेन्द्र महतोको दूरी, केन्द्रीय समितिको बैठक बहिष्कार
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,मंसिर २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीचको सम्बन्धमा दरार आएको छ । गत असोजमा पदाधिकारीसहित समिति विस्तारपछि ठाकुर र महतोको सम्बन्ध बिग्रिएको हो ।केन्द्रीय समिति विस्तारपछि पहिलो पटक आज बैठक बस्दैछ । तर, आजको बैठक नेता महतोले बहिष्कार गर्ने भएका छन् ।लोसपाको एक नेताले नेपाल प्रेससँग भने, ‘उहाँले केन्द्रीय समिति विस्तारको समयदेखि नै असन्तुष्टि राख्दै आउनुभएको थियो । आजको बैठकमा उहाँ नआउने भन्ने सुनेका छौं ।’आजको बैठकमा नआएपछि महतोको कदमबारे अध्यक्ष ठाकुरले छलफल गर्ने बताए ।ती नेताले भने, ‘अहिलेसम्म उहाँहरुको यो समस्या समाधानमा छलफल भएको छैन। अब यो बैठकपछि अध्यक्षले् उहाँसँग करा गर्नुहोला ।’लोसपामा ६३ पदाधिकारीसहित ३११ सदस्यीय कार्य समिति छन् । केन्द्रीय समितिमा एकजना अध्यक्षसहित तीनजना वरिष्ठ नेता, एकजना वरिष्ठ सहअध्यक्ष, छ जना वरिष्ठ उपाध्यक्ष, १५ उपाध्यक्ष, १६ महासचिव, ८ सहमहासचिव, ११ सचिव, कोषाध्यक्ष दुई जना, प्रवक्ता एक जना र सह कोषाध्यक्ष एक जना रहेका छन् ।’यो कमिटी विस्तारपछि आज पहिलोपटक केन्द्रीय समितिको बैठक बस्न लागेको नेता केशव झाले बताए । अब केही समयमा अनुपम फुडल्याण्डमा बैठक सुरू हुनेछ ।बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रियसभाको निर्वाचन, केन्द्रीय समिति विस्तारलगायतको विषयमा छलफल हुने जनाइएको छ ।यस्तै, संगठन निर्माण, भ्रातृ संगठन विस्तारलगायतको विषयमा पनि छलफल हुने तय भएको छ । जसपाबाट अगल भएपछि गठन भएको लोसपाले पछिल्लो समय प्रभाव जमाउन सकेको छैन ।साभार : नेपाल प्रेस

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
1 दिन पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
1 दिन पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
1 दिन पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
3 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
4 दिन पहिले