Janakpurdham
Tue, Sep 22, 2026
`

मधेस सरकारका प्रतिनिधि बालुवाटारमा- अल्टिमेटम सकिएको भन्दै दिए संघर्ष थाल्ने चेतावनी

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,मंसिर २४ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस सरकारका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्थाबमोजिमका संघीय कानूनहरू निर्माणको विषयमा छलफल भएको हो ।मधेसका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा आएको टीमले संविधानमा व्यवस्था भएबमोजिमका संघीय कानूनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।भेटमा उनीहरूले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न संघीय सरकारलाई दिएको अल्टिमेटम पूरा भएको भन्दै आफूहरू संघर्षमा जाने चेतावनी दिए । जवाफमा प्रधानमन्त्रीले आफू र आफ्नो पार्टी माओवादी केन्द्र नै सङ्घीयताको जन्मदाता भएको स्पष्ट पार्दै संघीय कानूनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताए ।उनले भने, ‘संघीयताका निम्ति सबैभन्दा बढी लडेको पार्टी हाम्रै पार्टी हो । संघीयताको पक्षमा लगातार संघर्ष गर्ने नेता म नै हुँ । संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति मैले गरेको संघर्ष र पहल तपाईँहरूले देख्नुभएकै छ । अहिले पनि संघीय कानूनहरू समयमै निर्माण गर्न मैले निरन्तर पहल गरिरहेको छु । तपाईँहरू सबैले यसमा साथ दिँदै आउनुभएको छ । तपाईँहरूले आ-आफ्नो पार्टीमा पनि पहल बढाउनुस् र संघीयता कार्यान्वयन प्रभावकारी बनाऊँ ।’सरकारले संघीयतासम्बन्धी विधेयकहरू अगाडि बढाइसकेको बताउँदै अन्तिम फैसला संसदले गर्नुपर्ने बताए । छलफलमा प्रधानमन्त्रीको आग्रहलाई आफूहरूले सकारात्मक रूपमा लिएको मुख्यमन्त्री यादवले बताए ।साभार : नेपाल प्रेस

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

3 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

3 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

1 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले