
काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,मंसिर २७ गते । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ ।महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ ।प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो ।कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा उल्लेख छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको स्वास्थ्य विभागका प्रमुख पौडेलले बताए ।महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खान रोक लगाएको थियो । महानगरले सार्वजनिक ठाउँ, विमानस्थल, सार्वजनिक शौचालय, मठमन्दिर, पाटीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्धाश्रम, पसल, पार्कलगायत क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ । अटेर गर्नेलाई कारबाही गरिने काठमाडौँ महानगरले जनाएको छ ।साभार : नेपाल प्रेस

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
22 घन्टा पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
22 घन्टा पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
22 घन्टा पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
3 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
4 दिन पहिले