मिथिला लोक चित्रकला प्रतियोगिता
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
महेन्द्रनगर (धनुषा), मङ्सिर २८ गते। जनकपुरधाममा मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ । ‘मिथिला चित्रकला मधेशको सान’ भन्ने नाराका साथ सौर्य सिमेन्ट र विजयलक्ष्मी मिडिया फाउन्डेसनको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । मधेश प्रदेशस्तरमा गरिएको प्रतियोगितामा ७५ जनालाई सहभागी गराइएको फाउन्डेसनका अध्यक्ष सन्तोषलाल दासले बताउनुभयो । मधेशी र मधेशलाई विश्वस्तरमा चिनाउन विभिन्न प्रकारका चित्रकला बनाउन छनोट भएका प्रतियोगीलाई दिइएको थियो । उनीहरूले माछा, कलश, अरिपन, रामजानकीको विवाहको दृश्यलगायतका चित्र बनाएका थिए । दासका अनुसार प्राचीन मिथिलाका पर्खालमा चित्र बनाउन तेस्रो चरणका प्रतियोगीलाई दिइने छ । जनकपुरधामलाई विश्वस्तरमा र भावी पुस्तालाई आफ्नो कला र संस्कृतिसँग पहिचान गराउने मुख्य उद्देश्यका साथ प्रतियोतिता गराइएको सौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले बताउनुभयो । तेस्रो चरणका लागि १५ जना छनोट गरिने छ । प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वितीयलाई ५० हजार, तृतीयलाई २५ हजार र बाँकी १२ जनालाई पाँच/पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने महतले उल्लेख गर्नुभएको छ । कार्यक्रममा निर्णायक मिथिला चित्रकार सुनैना ठाकुर हुनुहुन्छ । साभार : गोरखापत्र

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
2 घन्टा पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
2 घन्टा पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
1 दिन पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
1 दिन पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 दिन पहिले