Janakpurdham
Sat, Aug 16, 2025
`

मिथिला लोक चित्रकला प्रतियोगिता

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

महेन्द्रनगर (धनुषा), मङ्सिर २८ गते। जनकपुरधाममा मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ । ‘मिथिला चित्रकला मधेशको सान’ भन्ने नाराका साथ सौर्य सिमेन्ट र विजयलक्ष्मी मिडिया फाउन्डेसनको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।  मधेश प्रदेशस्तरमा गरिएको प्रतियोगितामा ७५ जनालाई सहभागी गराइएको फाउन्डेसनका अध्यक्ष सन्तोषलाल दासले बताउनुभयो । मधेशी र मधेशलाई विश्वस्तरमा चिनाउन विभिन्न प्रकारका चित्रकला बनाउन छनोट भएका प्रतियोगीलाई दिइएको थियो । उनीहरूले माछा, कलश, अरिपन, रामजानकीको विवाहको दृश्यलगायतका चित्र बनाएका थिए । दासका अनुसार प्राचीन मिथिलाका पर्खालमा चित्र बनाउन तेस्रो चरणका प्रतियोगीलाई दिइने छ । जनकपुरधामलाई विश्वस्तरमा र भावी पुस्तालाई आफ्नो कला र संस्कृतिसँग पहिचान गराउने मुख्य उद्देश्यका साथ प्रतियोतिता गराइएको सौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले बताउनुभयो । तेस्रो चरणका लागि १५ जना छनोट गरिने छ । प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वितीयलाई ५० हजार, तृतीयलाई २५ हजार र बाँकी १२ जनालाई पाँच/पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने महतले उल्लेख गर्नुभएको छ । कार्यक्रममा निर्णायक मिथिला चित्रकार सुनैना ठाकुर हुनुहुन्छ ।  साभार : गोरखापत्र

`
12 comments
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

1 दिन पहिले

मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..

जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..

1 दिन पहिले

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

2 दिन पहिले

सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहर..

काठमाडौं, साउन २८ : केही दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने ..

2 दिन पहिले

सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..

काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..

3 दिन पहिले