
विवाहपञ्चमीमा सुरक्षाका लागि सिसिटिभी र ड्रोनद्वारा निगरानी
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
_1702624855.jpg)
महेन्द्रनगर (धनुषा), मङ्सिर २९ गते । विवाहपञ्चमी अवसरमा हुने कार्यव्रmममा सुरक्षा व्यवस्था सुदृढ बनाउन सिसिटिभी र ड्रोन क्यामराद्वारा सहरका विभिन्न क्षेत्रमा निगरानी गरिने भएको छ । धनुषाका जिल्ला प्रहरी प्रमुख मित्रबन्धु शर्माले विगतका वर्षमा भइरहेको घटनालाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई कडा पारिएको दाबी गर्नुभयो । विवाहपञ्चमीमा अत्यधिक सङ्ख्यामा भक्तजनको भिड लाग्ने चोरी र पाकेटमारीका घटना बढ्ने सम्भावना रहेकाले जानकी मन्दिरदेखि बाह्रबिघा मैदानसम्म सिसिटिभी, बाह्रबिघा मैदानमा ड्रोनका साथसाथै जानकी मन्दिरको प्राङ्गणमा पनि सिसी क्यामरा र ड्रोनको निगरानी रहने प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो । चोरी, पाकेटमारी, महिलासँग हुने दुव्र्यवहार जस्ता घटना नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा गरिएको शर्माको भनाइ छ । प्रमुख शर्माका अनुसार सादा पोसाकमा महिला र पुरुष प्रहरी अत्यधिक सङ्ख्यामा परिचालन गरिने छ । त्यसै गरी शिवचोक, गङ्गासागर, जनकचोक, जानकीचोक, रमाचोक, जानकी मन्दिर, सोन्नरपट्टी, महावीरचोक, रामानन्दचोक, अस्पताल रोड, यात्री निवास, सङ्कटमोचनलगायतका क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । प्रहरीको तर्फबाट ठाउँ ठाउँमा हेल्प डेस्कसमेत राखिएको छ । साभार : गोरखापत्र

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
1 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
1 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
2 दिन पहिले
सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहर..
काठमाडौं, साउन २८ : केही दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने ..
2 दिन पहिले
सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..
काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..
3 दिन पहिले