सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र नैतिक आचरण आवश्यक : राष्ट्रपति
1 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, कात्तिक १८ : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार भएको बताएका छन् ।
दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
‘सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेपाली जनताले गरेको त्याग र बलिदानको उद्देश्य पनि यही नै हो’, उनले भने ।
जनताले राखेको अपेक्षा पूरा गर्नेतर्फ तीनै तहका सरकार गम्भीर हुने विश्वास उनले व्यक्त गरे ।
उनलेजनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूलाई सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गरे ।
‘प्रशासनिक भवन केवल भौतिक संरचना मात्र होइन; यो जनताको सेवा प्राप्त गर्ने विश्वासको केन्द्र, लोकतान्त्रिक शासनव्यवस्थाको स्थानीय आधारस्तम्भ र नागरिकका आकाङ्क्षा सम्बोधन गर्ने सार्वजनिक संस्थाको प्रतीक पनि हो’, राष्ट्रपति पौडेलले भने।
उनले भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बन्न सकोस् भन्ने विश्वास व्यक्त गरे ।
प्रशासनिक भवन आधुनिक हुनुका साथसाथै प्रशासनिक कार्यशैली पनि आधुनिक, प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुन आवश्यक रहेको उनको भनाइ थियो ।
साभार ः काठमाडौं प्रेस


भारतीय विदेश सचिव विक्रम मिस्री नेपालमा
काठमाडौं, कात्तिक १८ : भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आएका छन् । मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आज (à¤..
1 घन्टा पहिले
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र नैतिक आचरण à..
काठमाडौं, कात्तिक १८ : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनà..
1 घन्टा पहिले
हेलिकप्टर दुर्घटनाका घाइइतेलाइ मेडिसिटी अस्पताल ल्याइà..
काठमाडौं, कात्तिक १७ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा ..
22 घन्टा पहिले
रसेल बल र ब्याट दुवैमा चम्किँदा जनकपुरमाथि विराटनगरको रà..
काठमाडाैं, कात्तिक १७ : वेस्टइन्डिजका अलराउन्डर आन्द्रे रसेल बल र ब्याट दुवैमा चम्किएपछि नेपाल प्रिमियर लिगमा à..
22 घन्टा पहिले
पत्रकार धरपकडप्रति कांग्रेसको आपत्ति, संसदीय विशेष समिà¤..
काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँद..
2 दिन पहिले