Janakpurdham
Tue, Sep 22, 2026
`

राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नु पर्छ : कोइराला

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

विराटनगर,पुष ५ गते ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नु पर्ने बताए । गठबन्धन दलसँग मिलेर चुनाव लड्दा कांग्रेस नरहने उनको तर्क छ ।विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले राष्ट्रियसभा निर्वाचनको तयारीका लागि काँग्रेसको महासमिति बैठक सार्नुपरेको बताए ।अब भने तोकिएकै मितिमा महासमिति बैठक हुने कोइरालाको दाबी थियो ।डा. कोइरालाले आर्थिक मन्दी अन्त्य गर्न र जनतामा आशा जगाउन आवश्यक रहेकाले सरकारको अहिलेको नेतृत्वले जनतामा आशा जगाउन नसक्ने जिकिर गरे ।जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको डा कोइरालाको भनाइ थियो ।प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिक रिपोर्ट सार्वजनिक गर्नुपर्ने उनले बताए । ‘बहुदलीय व्यवस्थामा प्रधानमन्त्री कार्यकारी हुन्छन् ।
मन्त्रीहरूले रिपोर्ट कार्ड सार्वजनिक गर्नुको अर्थ छैन,’ उनले थपे, ‘एक वर्षमा प्रधानमन्त्रीले के–के काम गर्नुभयो म जस्तै नेपाली जनता चाहेका छन् । उहाँले तत्कालै रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्छ ।”साभार : नेपाल प्रेस

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

3 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

3 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

1 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले