Janakpurdham
Sun, Aug 24, 2025
`

प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुन नल्याए सिंहदरबार घेर्ने महामन्त्री शर्माकाे चेतावनी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडाैं, पुस ७ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुन नल्याए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्। सबै प्रदेशका सम्मेलनमा कानून अभावको गुनासो सुनिएको भन्दै उनले कांग्रेस महासमिति बैठकसम्म पनि प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानून नल्याए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।‘आज प्रधनमन्त्रीजीलाई म यहीँबाट, नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले भन्छु, कांग्रेसको महासमितिको बैठक हुँदै गर्दा प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन आएन भने महासमिति बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्न प्रदेशका साथीहरुसँगै उपस्थित हुनेछौं,’ उनले भने । कांग्रेसको महासमिति बैठक यही पुसको १६ देखि १९ गतेसम्मका लागि तोकिएको छ।

कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले प्रदेशलाई बलियो बनाए मात्रै संघीयता बलियो हुने धारणा राखे। प्रदेशलाई अधिकार सम्पन्न बनाउनु असम्भव काम नभएको आशय व्यक्त गर्दै उनले भने, ‘अन्तरिक्ष यान बनाएर ल्याएर हाम्रो हातमा देऊ भनेको होइन, अक्षरहरुले लेखिएको एउटा पुस्तक मागेको हो, कानुन मागेको हो, अधिकार मागेको हो, त्यो दिन सकिन्छ कि सकिँदैन? दिन नसकिने हो भने कारण के छ?’निजामती सेवा, लोकसेवा आयोग, पहरी र केही आर्थिक अधिकारसँग सम्बन्धित कानुन नहुँदा प्रदेशलाई अप्ठेरो परेको भन्दै शर्माले कांग्रेसको महासमिति बैठकसम्म ती कानुन नबने प्रदेशका नेताहरुसँगै आफूहरु पनि सिंहदरबार घेर्न जाने बताएका हुन्।साभार : काठमाडौं प्रेस

`
12 comments
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

22 घन्टा पहिले

कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी।  आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..

22 घन्टा पहिले

नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..

जनकपुरधाम, भदौ ७ गते ।  पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..

23 घन्टा पहिले

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

3 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

4 दिन पहिले