Janakpurdham
Sun, Aug 24, 2025
`

आफूमाथि प्रहार भएको खोया घरमा सजाएर राख्ने रवि लामिछानेको घोषणा

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

पोखरा,पुष ७ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रहार भएको खोया घरमा झुन्डाएर राख्ने घोषणा गरेका छन् ।पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोया प्रहार गरेका थिए ।मकैको खोया प्रहारपछि सम्बोधन गर्दै रविले आफ्नो सपना पूरा नभएसम्म खोयालाई घरमा झुन्डाएर राख्ने घोषणा गरेका हुन् ।

 

 

‘मैले सर्टिफिकेट आजसम्म घरको भित्तामा झुन्ड्याएको छैन । मेरो सपना पूरा नभएसम्म मैले यो मकैको घोगालाई आफ्नो घरमा झुन्डाएर राख्नेछु,’ उनले भने, ‘मैले तबसम्म सजाएर राख्नेछु तपाई हामीले देखेको साझा सपना पूरा हुने छैनन् । कुहिन दिन्न झर्न दिन्न । जोगाएर राख्नेछु ।’जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले खोया प्रहार गर्ने युवकलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।‘घटना हेर्दा शङ्कास्पद देखिन्छ । उहाँहरू (रवि लामिछाने) ले उजुरी दिनुभएको छैन । हामीले प्रहरीको तर्फबाट अनुसन्धान गरिरहेका छौ । कोहीबाट परिचालित हो होइन भन्ने विषयमा,’ उनले भने ।साभार : नेपाल प्रेस

`
12 comments
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

22 घन्टा पहिले

कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी।  आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..

22 घन्टा पहिले

नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..

जनकपुरधाम, भदौ ७ गते ।  पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..

23 घन्टा पहिले

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

3 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

4 दिन पहिले