दोलखाको शैलुङडाँडामा शैलुङ साहित्यक महोत्सव हुने, उत्घाटन भोली
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
फागुन १९, तामाकोशी ।
दोलखाको शैलुङडाँडामा मदन भण्डारी कला साहित्य प्रतिष्ठान नेपालको आयोजना र शैलुङ गाउँपालिकाको सह आयोजनामा शैलुङ साहित्यिक साँस्कृतिक महोत्सव २०७८ हुने भएको छ ।
दोलखाको शैलुङडाँडामा मदन भण्डारी कला साहित्य प्रतिष्ठान नेपालको आयोजनामा र शैलुङ गाउँपालिकाको सह आयोजनामा हुन गईरहेको शैलुङ साहित्यिक साँस्कृतिक महोत्सव २०७८ को उदघाटन गर्नका लागि पुर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली दोलखा आउन लाग्नुभएको हो । ओली शुक्रवार विहान हेलीकप्टर मार्फत दोलखा आउनुहुने कार्यक्रम तय भएको हो । शैलुङ साहित्यक महोत्सवको शुक्रवार विहान ११ बजे पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुहुने कार्याक्रम रहेको छ ।
कार्यक्रम स्थल शैलुङ डाँडामा साहित्यक महोत्सव कार्यक्रमको सवै तयारी पुरा भएको र देशभरका साहित्यकार हरुको कालापानी क्षत्रमा उपस्थित भई सकेको शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले बताउनु भयो । एमाले अध्यक्ष केपी शर्मा ओली विहान दोलखा आउनुहुने र साहित्य महोत्सव सहित जिल्लाको विधिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले बताउनु भयो । कार्यक्रमलाई प्रभावकारी बनाउँन नेकपा एमाले दोलखाका अध्यक्ष तथा मेलुङग गाउँपालिकाका अध्यक्ष श्रेष्ठले सुचना जारि गरि सम्पुर्ण मेलुङगबासी आमा बुवा, दिदीबहिनी, सम्पुर्ण मेलुङगवासी उपस्थितिको लागि अनुरोध गर्नुभएको छ । विहान हेली मार्फत दोलखाको प्रशिद्ध धार्मिक स्थल कालिन्चोक भगवती मन्दिरमा दर्शन गरी कालिन्चोक र्दशन प्रालिद्धारा संचालित कालिन्चोक केवुलकारको उदघाटन गर्नुहुने कार्यक्रम समेत रहेको कालिन्चोक दर्शन प्रालिका अध्यक्ष बालकृष्ण शिवाकोटीले बताउनुभयो ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठान नेपालको शैलुङ डाँडामा आयोजना गरिएको शैलुङ सांस्कृतीक महोत्सवमा देशभरका साहित्यकारहरुको सहभागीता रहने छ । साहित्यक क्षत्रमार्फत विभिन्न लेख रचनाहरु प्रकाशन गरी पर्यटकीय क्षत्र शैलुङको प्रचारप्रशार गराई विश्व सामु शैलुङ डाँडालालाई परिचित गराउने उदेश्यले शैलुङ डाँडामा कार्यक्रमको आयोजना गरिएको पालिका अध्यक्ष दुलालले बताउनु भयो । ऋषिमणीहरुले तपस्था गर्ने तपोभूमिको रुपमा परिचित महाभारत पर्वत अन्र्तगतको सवै भन्दा अग्लो ३१ सय ५० मिटरको उचाईमा साहित्यक सम्मेलन हुन लागेको हो ।
भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध
काठमाडौं, असार १ : नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्त..
1 दिन पहिले
सुशासन र प्रणाली सुधारमार्फत समृद्ध नेपालको आधार तयार ह..
काठमाडौं, जेठ ३१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सुशासन, प्रणाली सुधार र भ्रष्टाचार नियन्त..
1 दिन पहिले
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा ..
काठमाडौँ ,जेठ ३१ गते । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वा..
2 दिन पहिले
भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्ध..
काठमाडौं, जेठ ३० : सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनैपनि राष्ट्र..
2 दिन पहिले
बैंकिङ कसुरमा पक्राउ परे सेफ सन्तोष साह
जनकपुर, जेठ ३० : बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली..
2 दिन पहिले