Janakpurdham
Thu, Nov 05, 2026
`

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुरधाम आइपुग्यो

2 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुर, कात्तिक १९: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ । विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल गर्दै आएका छन् । 

यसै क्रममा बिहीबार (आज) भारतबाट १७ बोगीको भारतीय प्यासेन्जर ट्रेन, ट्रयाक टेस्टका लागि जनकपुरधाम आइपुगेको छ । 

नेपाल रेल्वेका प्रबन्ध निर्देशक परिवेश पराजुलीका अनुसार ठूलो र बढी क्षमताको ट्रेन हालको ट्रयकमा चल्ने सक्छ कि सक्दैन भन्ने जाँच गर्नका लागि भारतबाट ईस्ट सेन्ट्रर रेल्वेले आज परीक्षण गरेको हो । 

उनका अनुसार आज आएको रेलमा भारतीय रेल विभागका ६७ जना पदाधिकारीहरु परीक्षणका लागि कुर्था स्टेशनसम्म रेलमा सवार भएर आएका हुन् । उक्त रेल आजै भारत फर्किने र परीक्षण रिर्पोट तयार गरी सम्बन्धित निकायमा बुझाउने प्रबन्ध निर्देशक पराजुलीले जानकारी दिए ।

अयोध्या जनकपुर रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेतापनि कहिलेदेखि सुरु हुने भन्ने यकिन नभइसकेको पराजुलीले बताए । 

उनले दुबै देशका रेल विभागकाबीच पनि सम्झौत लगायतका कार्यहरु बाँकी रहेको जानकारी दिए । पराजुलीले नेपालतर्फका स्टेशन हल्टहरुको मर्मत सम्भार तथा सरसफाइका कार्यहरु भइरहेको बताए ।

प्रधानमन्त्री बालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याबाट जनकपुरधामसम्म चल्ने रेलको उद्घाटन केही दिनपछि प्रधानमन्त्री साहको भारत भ्रमणको बेला संयुक्त रुपमा हुने जनाइएको छ ।

साभार ः काठमाडौं प्रेस

`
12 comments
‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनà..

काठमाडौं, कात्तिक १९ : सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेभन्दा सञ्चार क्षेत्रलाई व्यवस्थित, व्यावसायिक..

2 घन्टा पहिले

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्à¤..

जनकपुर, कात्तिक १९: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ । विगत एक महिनाà..

2 घन्टा पहिले

भारतीय विदेश सचिव विक्रम मिस्री नेपालमा

काठमाडौं, कात्तिक १८ : भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आएका छन् । मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आज (à¤..

1 दिन पहिले

सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र नैतिक आचरण à..

काठमाडौं, कात्तिक १८ : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनà..

1 दिन पहिले

हेलिकप्टर दुर्घटनाका घाइइतेलाइ मेडिसिटी अस्पताल ल्याइà..

काठमाडौं, कात्तिक १७ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा ..

2 दिन पहिले