
सभापति देउवाद्वारा वीपीको शालिकमा माल्यार्पण
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

तनहुँ, पुस ९ गते । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले व्यास नगरपालिका –३ स्थित बीपी पार्कमा स्थापना गरिएको वीपीको शालिकमा माल्यार्पण गर्नुभएको छ । २०३६ असोज ६ गते सो ठाउँमा रहेको बेलचौतारीबाट पहिलो पटक बीपीले उद्गार गर्नुभएको थियो, ‘‘सबै नेपाली मै सरह होस्, सबै नेपालीको एउटा बस्ने घर होस्, एउटा दुहुनो गाई होस्, बिहान र बेलुका खान पुगोस्, केटाकेटीलाई पढाउन सकुन् र बिरामी पर्दा ओखतीमूलो गर्ने सामथ्र्य होस् ।’’त्यही ठाउँमा हालै पार्क निर्माण गरिएको छ । सभापति देउवालाई कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले स्वागत गर्नुभएको थियो । सभापति देउवाले कांग्रेस तनहुँले निर्माण गरेको वीपी स्मृति भवनको आज उद्घाटन गर्ने कार्यक्रम छ । साभार : गोरखापत्र

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
17 घन्टा पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
17 घन्टा पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
17 घन्टा पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
3 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
4 दिन पहिले