सितापाईला माध्यमिक विद्यालयलमा उच्चशिक्षा अध्ययन अध्यापन गराउँने लक्ष्य– पोखरेल
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
फागुन २१, तामाकोशी ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमालेका नेता ईश्वर चन्द्र पोखरेलले तामाकोशी गाउँपालिका शिक्षाको क्षेत्रमा सयौं गुणा अगाडी रहेको बताउँनु भएको छ ।
हामीले शिक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको उहाँको भनाई छ । व्यवस्थित कृषि प्राविधिक शिक्षालय, विद्यालयहरुमा विज्ञान प्रयोगशाला , कम्पुटर ल्याव, पुस्तकालय, शैक्षिक समाग्री, शिक्षक व्यवस्थापन, विद्यालय कर्मचारीको पारिश्रमिक, विषयगत शिक्षक लगायत पालिका भित्रका विद्यालयमा केहिको कमि हुन दिएका छैनौं । यसैले हाम्रो पालिका विद्यालयहरु सुविधा सम्पन्न हुदै गएका छन् तर यतिमा मात्र सिमित भने हुनुहुदैन गुणस्तरिय शिक्षा अझै पुगेको छैन यसमा सवै सरोकारवाला लाग्नु पर्ने र मेरो तर्फबाट काम गर्न कुनै कसर वाँकी नराख्ने पोखरेलको भनाई छ ।
श्री सितापाईला माध्यमिक विद्यालयको ४६ औं बार्षिक उत्सव तथा अभिभावक भेलामा बोल्दै पोखरेलले सितापाईला माध्यमिक विद्यालयलाई अव अन्य गाउँपालिकासँग समुन्वय गरि उच्चशिक्षा यहि अध्यन गर्न मिल्ने बनाउँने लक्ष्य रहेको बताउँनु भयो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेमा रहेको श्री सितापाइला माध्यमिक विद्यायले भौतिक, वातावरणिय तथा शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति गर्दै लगेको स्थानिय अभिभावको भनाई छ । विद्यालयले आफ्नो बाषियक उत्सव विभिन्न सांस्कृतिक कार्यक्रम सहिता धुमधामले मनाएको छ ।
विद्यालयले उत्तम स्मृति अक्षयकोष, कृष्ण प्रसाद पोखरेल स्मृति अक्षयकोष, दिनेश स्मृति अक्षयकोष, पुण्य प्रसाद मनमाया पोखरेल अक्षयकोष, गंगा बहादुर स्मृति अक्षयकोषबाट विद्यालयमा अध्यनरत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । विद्यालयले शिक्षक शम्भुराज बस्नेत र पुर्व कर्मचारी रुद्र बहादुर पोखरेललाई सम्मान गरेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष उद्धव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका नेता बासुदेव पोखरेल, तामाकोशी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम प्रसाद काफ्ले, शिक्षा शाखा प्रमुख मेनुका बास्कोटा, नेपाली कांग्रेसका नेता विदुर पोखरेल, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटि सदस्य रमेश कार्की, नेपाली कांगे्रसका वडा सभापति कुवेर भण्डारी, नेकपा एमालेका वडा कमिटि अध्यक्ष सन्तोष पोखरेल, पुर्व प्रधानाध्यपक लिलाहरि पोखरेल लागायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक अर्जुन गौतमले विद्यालयको आर्थिक, शैक्षिक, भौतिक लगायतको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
15 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
15 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
2 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
3 दिन पहिले