भूकम्पपीडितका लागि नेविसंघले दियो ७ लाख ११ हजार
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, पुस ११ : नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पबाट पीडितहरूकालागि ७ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ।केन्द्रिय समितिका सदस्यहरूबाट प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले संकलन गरी एकमुष्ट ७ लाख ११ हजार रुपैयाँ रकम भूकम्पपीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको केन्द्रीय सदस्य नारायण पाण्डेले जानकारी दिए। नेविसंघका नेताहरूले बुधबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेका हुन्।पाण्डेका अनुसार नेविसंघले यसअघि भूकम्पप्रभावित क्षेत्रमै पुगेर हेल्थ क्याम्प सञ्चालन गरेको थियो भने विद्यालयहरूको पुनर्निर्माणका लागि समेत अभियान सञ्चालन गरिरहेको छ। प्रधानमन्त्री दाहालसँगको भेटमा नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेको छ।मंगलबारमात्रै प्रधानमन्त्री दाहालले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा त्रिविको उपकुलपति नियुक्तिमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका थिए । अर्को विहानै नेविसंघले प्रधानमन्त्रीलाई भेटेर उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गर्न माग गरेको हो।साभार : काठमाडौं प्रेस

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
1 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
1 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
1 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
1 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले