
शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेट्ने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

हेटौँडा,पुष १३ गते । सातै प्रदेशका मुख्यमन्त्रीहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् । हेटौंडामा शुक्रबार भएको ‘अन्तर प्रदेश मुख्यमन्त्री बैठक’ ले प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने निर्णय गरेको हो । बैठकमा शनिबार बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने र आफ्ना माग राख्ने विषयमा छलफल भएको छ । बैठकपछि सबै मुख्यमन्त्रीहरु शुक्रबारै काठमाडौँ प्रस्थान गर्ने जनाइएको छ ।केन्द्र सरकारले आवश्यक कानुन बनाएर अधिकार हस्तान्तरण नगरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका हुन् । बिहीबारबाट सुरु भएको भेलामा प्रदेश र स्थानीय तहका विज्ञहरू समेत सहभागी थिए । संघीयता कार्यान्वयनमा आएको लामो समय भइसक्दा पनि महत्त्वपूर्ण कानुन नबन्दा प्रदेश सरकार अधिकार सम्पन्न हुन नसकेको मुख्यमन्त्रीहरूको गुनासो छ । यसअघि उनीहरुले संविधानले दिएको अधिकार अनुसार कानुन निर्माण गर्न र अधिकार प्रत्यायोजन गर्न माग गर्दै प्रधानमन्त्रीलाई भेटेर दबाब दिएका थिए ।कानुन अभावमा कर्मचारी, प्रहरी, शिक्षालगायतका क्षेत्रका काम प्रभावित भएको मुख्यमन्त्रीहरूको गुनासो छ । यसअघि सातै प्रदेशका मुख्यमन्त्रीहरूले गत असारमा पोखरामा भेला गर्दै ६ महिनाभित्र अधिकार दिन माग गरेका थिए ।साभार : रातोपाटी

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
3 घन्टा पहिले
सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहर..
काठमाडौं, साउन २८ : केही दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने ..
3 घन्टा पहिले
सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..
काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..
1 दिन पहिले
जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्ष..
जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिल..
1 दिन पहिले
सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..
काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..
3 दिन पहिले