
सरकारको आलोचना गर्दै सिके राउतले भने- रातलाई दिन भन्न सक्दिनँ
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,पुष १५ गते । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आलोचना गरेका छन् । आफ्नो पार्टी सरकारमा छ भन्दैमा आफूले विरोध नगर्ने भन्ने नहुने उनको भनाइ छ ।‘हाम्रो पार्टी सरकारमा छ भन्दैमा मैले रातलाई दिन, दिनलाई रात भन्दिनु पर्ने ?’ उनले प्रश्न गर्दै ट्विटरमा लेखेका छन्, ‘गलतको विरोध मैले निजी रूपमा पनि गर्न नपाउने ? त्यसो भए त्यही सरकारले दिएको नागरिकता बोकेर, सेवा लिएर, त्यही सरकारले गरेको निर्वाचनमा मतदान गरेर, तपाईँले बनाएको सरकारको तपाईँले पनि कसरी विरोध गर्न सक्नुहुन्छ ?’उनले पार्टी सरकारमा छ भन्दैमा आफूले रातलाई दिन, दिनलाई रात भन्न नसक्ने उनको तर्क छ ।उनले थपेका छन्, ‘गलतको विरोध मैले गर्न नपाउने ? त्यही चाहना गठबन्धनको, त्यही अपेक्षा जनताको पनि ? हरेक दिन ’सरकार’बाट देशभरिमा दशौं हजार निर्णय हुन्छन्, लाखौँ गतिविधि हुन्छन्, के त्यो सबै मेरै चाहना अनुरूप भइरहेको छ कि मैले विरोध गर्न नपाउनु ?’साभार : नेपाल प्रेस

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
17 घन्टा पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
17 घन्टा पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
17 घन्टा पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
3 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
4 दिन पहिले