सरकारको आलोचना गर्दै सिके राउतले भने- रातलाई दिन भन्न सक्दिनँ
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,पुष १५ गते । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आलोचना गरेका छन् । आफ्नो पार्टी सरकारमा छ भन्दैमा आफूले विरोध नगर्ने भन्ने नहुने उनको भनाइ छ ।‘हाम्रो पार्टी सरकारमा छ भन्दैमा मैले रातलाई दिन, दिनलाई रात भन्दिनु पर्ने ?’ उनले प्रश्न गर्दै ट्विटरमा लेखेका छन्, ‘गलतको विरोध मैले निजी रूपमा पनि गर्न नपाउने ? त्यसो भए त्यही सरकारले दिएको नागरिकता बोकेर, सेवा लिएर, त्यही सरकारले गरेको निर्वाचनमा मतदान गरेर, तपाईँले बनाएको सरकारको तपाईँले पनि कसरी विरोध गर्न सक्नुहुन्छ ?’उनले पार्टी सरकारमा छ भन्दैमा आफूले रातलाई दिन, दिनलाई रात भन्न नसक्ने उनको तर्क छ ।उनले थपेका छन्, ‘गलतको विरोध मैले गर्न नपाउने ? त्यही चाहना गठबन्धनको, त्यही अपेक्षा जनताको पनि ? हरेक दिन ’सरकार’बाट देशभरिमा दशौं हजार निर्णय हुन्छन्, लाखौँ गतिविधि हुन्छन्, के त्यो सबै मेरै चाहना अनुरूप भइरहेको छ कि मैले विरोध गर्न नपाउनु ?’साभार : नेपाल प्रेस

बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
42 मिनट पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
49 मिनट पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
1 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
1 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले