Janakpurdham
Wed, Aug 13, 2025
`

राष्ट्रिय सभा निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,पुस १६ गते । अगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सोमबार जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।मधेश प्रदेश निर्वाचन अधिकृतको रुपमा जिल्ला आदालत धनुषाका न्यायधीश नारायण प्रसाद सुवेदी तथा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले संयुक्त रुपमा प्रदेश निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुभएको छ । पुस २० गते देखि रिक्त हुने राष्ट्रिय सभा सदस्यमा मधेश प्रदेशबाट एक जना महिला तथा एक जना अन्य गरी दुई जना सदस्यको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । उक्त निर्वाचनमा मधेश प्रदेशमा एक सय ७ जना प्रदेश सभा साँसद तथा आठै जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ६७ जना गरी कुल ३ सय ७४ जना मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत न्याधीश नारायण प्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सो निर्वाचनका लागि मतदाता नामावली प्रकाशन पुस २० गते निर्वाचन अधिकृतको कार्यालय मधेश प्रदेशमा हुने छ । पुस २० देखि २२ सम्म मतदाता नामावली माथि दावी विरोध गरी पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने उहाँले जानकारी दिनुभयो । मतदाता नामावली प्रकाशन पछि उम्मेदवारको मनोनयन दर्ता निर्वाचन अधिकृतको कार्यालयमा पुस २३ गते विहान १० बजे देखि ३ बजे सम्म हुने छ । मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरुको विरोधमा उजुरी दिने कार्य पुस २४ गते, उजुरी माथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन पुस २६ गते नाम फिर्ता लिने कार्य तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस २७ गते गरिने निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनुभयो । अन्तिम मतदाता नामावली प्रकाशन पछि उम्मेदवारहरुका पुस २८ गते निर्वाचन चिन्ह प्रदान गरिने छ । राष्ट्रिय सभाका लागि दुई जना सदस्यका लागि माघ ११ गते महेन्द्रनारायण निधि मिथिला साँस्कृतिक केन्द्रमा निर्वाचन कार्य सम्पन्न भई उक्त दिन नै निर्वाचन भएको स्थानमा नै मतगणना हुने निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनुभयो ।निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि धनुषाका प्रहरी उपरिक्षक मित्रबन्धु शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं.८ गण धनुषाका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिनेश मल्ल, राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका प्रमुख दिपक खडका, नेपाली सेनाका साहायक सेनानी भूपेन्द्र विक्रम शाही, निमित प्रदेश निर्वाचन अधिकृत नविन चौधरी लगायतको सहभागिता रहेको थियो ।

`
12 comments
सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..

काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..

13 घन्टा पहिले

जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्ष..

जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिल..

14 घन्टा पहिले

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..

काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..

2 दिन पहिले

प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..

जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..

2 दिन पहिले

जनकपुरमा रेल र कार आपसमा ठोक्किए

धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..

3 दिन पहिले