Janakpurdham
Sun, Aug 24, 2025
`

नेपाल प्रेस युनियनको महिला विभाग विस्तार

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,पुष १७ गते । नेपाल प्रेस युनियनको केन्द्रीय महिला विभाग बिस्तार भएको छ ।युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले उपाध्यक्ष सलोजा दाहालको संयोजकत्वमा रहेको महिला विभाग विस्तार गरेका हुन् । जस अन्तर्गत केन्द्रीय उपमहासचिव सुलोचना गौतम, कमला हमाल,सुशीला बेल्बासे, बालिका सिवाकोटी, आत्मा गुरागाईँ,सुशीला रेग्मी, दीपा आले, पवित्रा गुरागाईँ र सिर्जना नेपाल महिला विभागको सदस्य चुनिएका छन् ।नेपाल प्रेस युनियनले गठन गरेका विभिन्न विभागहरूको विस्तार गरिरहेको छ । अध्यक्ष लम्सालका अनुसार महिला पत्रकारहरूको पेशागत सुरक्षाका लागि युनियनको महिला विभागले सक्रिय रहेर काम गर्ने छ । साथै महिला पत्रकारहरूको सशक्तीकरणका लागि अभियान थालनी गर्ने उद्देश्यले यो विभागको गठन गरिएको अध्यक्ष लम्सालले जानकारी दिए ।‘महिला पत्रकारहरूको पेशागत तथा भौतिक सुरक्षामा केन्द्रित रहेर महिला विभागले काम गर्ने छ’ अध्यक्ष लम्सालले भने ‘साथै महिला पत्रकारहरूको सशक्तीकरणको अभियान थालनी गर्ने लक्ष्य महिला विभागको हो ।’महिला पत्रकारहरू उत्पादनका लागि पनि विभाग सक्रिय भएर लाग्ने युनियनले जनाएको छ । विभिन्न प्रशिक्षण मार्फत महिला पत्रकारहरू उत्पादन गरेर पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरूको सहभागिता बढाउने रणनीति युनियनले लिएको अध्यक्ष लम्सालले जानकारी दिए ।‘सक्षम र मूलधारमा रहेर लामो समय देखि पत्रकारिता गरिरहेका सक्षम युनियनका महिला नेतृहरूको सहभागितामा महिला विभाग गठन गरिएको छ,’ अध्यक्ष लम्सालले भने ‘महिला पत्रकार उत्पादन गरेर पत्रकारिता क्षेत्रमा महिलाहरूको सहभागिता बढाउने अभियान युनियनको हो ।’

`
12 comments
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

17 घन्टा पहिले

कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी।  आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..

17 घन्टा पहिले

नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..

जनकपुरधाम, भदौ ७ गते ।  पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..

17 घन्टा पहिले

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..

3 दिन पहिले

सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..

4 दिन पहिले