Janakpurdham
Tue, Sep 22, 2026
`

नेपाल प्रेस युनियनको महिला विभाग विस्तार

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,पुष १७ गते । नेपाल प्रेस युनियनको केन्द्रीय महिला विभाग बिस्तार भएको छ ।युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले उपाध्यक्ष सलोजा दाहालको संयोजकत्वमा रहेको महिला विभाग विस्तार गरेका हुन् । जस अन्तर्गत केन्द्रीय उपमहासचिव सुलोचना गौतम, कमला हमाल,सुशीला बेल्बासे, बालिका सिवाकोटी, आत्मा गुरागाईँ,सुशीला रेग्मी, दीपा आले, पवित्रा गुरागाईँ र सिर्जना नेपाल महिला विभागको सदस्य चुनिएका छन् ।नेपाल प्रेस युनियनले गठन गरेका विभिन्न विभागहरूको विस्तार गरिरहेको छ । अध्यक्ष लम्सालका अनुसार महिला पत्रकारहरूको पेशागत सुरक्षाका लागि युनियनको महिला विभागले सक्रिय रहेर काम गर्ने छ । साथै महिला पत्रकारहरूको सशक्तीकरणका लागि अभियान थालनी गर्ने उद्देश्यले यो विभागको गठन गरिएको अध्यक्ष लम्सालले जानकारी दिए ।‘महिला पत्रकारहरूको पेशागत तथा भौतिक सुरक्षामा केन्द्रित रहेर महिला विभागले काम गर्ने छ’ अध्यक्ष लम्सालले भने ‘साथै महिला पत्रकारहरूको सशक्तीकरणको अभियान थालनी गर्ने लक्ष्य महिला विभागको हो ।’महिला पत्रकारहरू उत्पादनका लागि पनि विभाग सक्रिय भएर लाग्ने युनियनले जनाएको छ । विभिन्न प्रशिक्षण मार्फत महिला पत्रकारहरू उत्पादन गरेर पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरूको सहभागिता बढाउने रणनीति युनियनले लिएको अध्यक्ष लम्सालले जानकारी दिए ।‘सक्षम र मूलधारमा रहेर लामो समय देखि पत्रकारिता गरिरहेका सक्षम युनियनका महिला नेतृहरूको सहभागितामा महिला विभाग गठन गरिएको छ,’ अध्यक्ष लम्सालले भने ‘महिला पत्रकार उत्पादन गरेर पत्रकारिता क्षेत्रमा महिलाहरूको सहभागिता बढाउने अभियान युनियनको हो ।’

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

37 मिनट पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

44 मिनट पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

1 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले