Janakpurdham
Wed, Aug 13, 2025
`

माघ दोस्रो सत्तादेखि अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, पुष १७ गते  । जनकपुरधाममा माघ दोस्रो सात्तादेखि दोस्रो अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जनकपुर स्पोर्टस् क्लव र नेपाल भिजनको आयोजनामा माघ १२ गतेदेखि बाह्रविघा मैदानमा प्रतियोगिता हुन लागेको हो । अन्तर्राष्ट्रिय मान्यता अनुसार प्रतियोगिता हुने संयोजक अम्भुप्रसाद साहले जानकारी दिए । उनका अनुसार यस प्रतियोगितामा धनुषा जिल्लाको सरकारी तथा नीजि विद्यालयहरुको सहभागिता रहनेछन् । स्थानिय स्त्तरबाट खेलाडी उत्पदान गर्ने उद्देश्यले प्रत्येक वर्ष प्रतियोगिता गराउन लागेको उनले बताए । यसले खेल र खेलाडीको विकासमा मद्दत पुग्ने उनको विश्वास छ । प्रतियोगितामा उतकृष्ट प्रर्दशन गर्ने खेलाडीहरुको टिम बनाएर नियमित (शनिवार) अभ्यास खेल खेलाइने संयोजक साहले जानकारी दिए । यसअघि भएको प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु नियमित अभ्यास गरिरहेका छन् । प्रतियोगिताको विजेता÷उपविजेता टिमलाई आकर्षक ट्रफी दिइने उनले आयोजक संस्थाका अर्का प्रतिनिधि प्रसान्त झाले जानकारी दिए । उनका अनुसार म्यान अफ द सिरिज, इर्मजिङ प्लेयर, बेस्ट बलर÷ब्याटस् म्यान÷बेस्ट किपर÷बेस्ट फिलडर र म्यान अफ दी म्याच दिएर खेलाडीहरुलाई प्रोत्साहन गरिने छन् । प्रतियोगिताको निर्देशक हिरा भगत छन् । उनी मधेश प्रदेश क्रिकेट संघका निर्वतमान अध्यक्षसमेत हुन् । आयोजक संस्थाले मंगलबार गरेको पत्रकार सम्मेलनमा उनी बाहिर भएको कारण अनउपस्थित थिए । गत वर्ष यो प्रतियोगिताको उपाधि गोगल प्रसाद उच्च मावि जितेका थिए । मंगलबार नै धनुषाको क्रिकेट टिम प्रधानमन्त्री कप छनौट प्रतियोगिता खेल्न पर्सा गएको छ । हरिशंकर साहको नेतृत्वमा गएको टिम पहिलो म्याच पर्सासंग खेल्नेछन् । पछिल्लो समय जनकपुरधाममा पुनः खेल क्रेज बढ्दै गएको छ । नियमित प्रतियोगिता र अभ्यासहरु भइरहेका छन् । अभिभावकहरुको पनि रुची र लगानी बढेको देखिन्छ । तर, सरकारले संतोषजनक लगानी नगरेको खेलमा आवद्ध युवाहरुको गुनासो छ ।

`
12 comments
सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..

काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..

14 घन्टा पहिले

जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्ष..

जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिल..

14 घन्टा पहिले

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..

काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..

2 दिन पहिले

प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..

जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..

2 दिन पहिले

जनकपुरमा रेल र कार आपसमा ठोक्किए

धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..

3 दिन पहिले