Janakpurdham
Tue, Sep 22, 2026
`

तीन वर्षबाट अड्किएको बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री जयशंकर नेपाल आउँदै

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,पुष १८ गते ।  विगत तीन वर्ष देखी अड्किएको नेपाल र भारतका विदेशमन्त्रीहरुको संयुक्त बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री बिहीबार नेपाल आउँदै छन् ।नेपाल तथा भारतीय दुवै पक्षका अधिकारीहरूले आगमनको सूचना सार्वजनिक गरेका छन् । बिहीबार आएका एस. जयशंकर शुक्रवार भारत फर्किनेछन् ।बैठकमा नेपाल र भारतका दुई पक्षीय सवालहरूमा छलफल हुने बताइएको छ । नेपाली समकक्षी एनपी साउद देखी प्रधानमन्त्री प्रचण्ड तथा अरू शीर्ष नेतृत्वहरूसँग भेट्ने जयशंकरको भ्रमण सूची रहेको छ ।प्रधानमन्त्री भएपछि प्रचण्डसँग उनको पहिलो भेट हुने भएको छ । भारत भ्रमणमा पुगेका प्रधानमन्त्री प्रचण्डसँग उनको भेट भएको थिएन ।प्रचण्ड भारतमा हुँदा जयशंकर विदेश भ्रमणमा थिए । यस अगाडि भारतीय विदेश सचिवको रूपमा भने एस. जयशंकरको प्रचण्डसँग भेट भएको थियो ।भारतीय अखबार दि हिन्दुका अनुसार नेपालबाट १० हजार मेगावाट बिजुली भारतमा खरिद गर्ने देखी त्रिभुवन विश्व विद्यालयमा निर्माण भएको नयाँ पुस्तकालयको उद्घाटनमा जयशंकर सक्रिय हुनेछन् ।यस्तै, आगामी जनवरी २२ मा उद्घाटन हुने राम मन्दिरमा कुनै विदेशी सरकारका प्रतिनिधिहरुलाई निम्तो नआएकोमा त्यस बारेमा पनि जयशंकर र प्रचण्डको कुरा हुने हिन्दुले उल्लेख गरेको छ ।नेपाल भारतका विदेशमन्त्रीहरुको यो सातौँ बैठक हुनेछ ।  पछिल्लो छैटौँ बैठक सन २०२१ को जनवरी १४ र १५ मा भारतको राजधानी नियाँ दिल्लीमा भएको थियो ।साभार : नेपाल प्रेस

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

40 मिनट पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

47 मिनट पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

1 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले