
लोकतन्त्रलाई मजवुत बनाउन काँग्रेसलाई मजवुत बनाउनुपर्नेमा नीधिको जोड
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, पुष १८ गते ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले लोकतन्त्र बलियो भए मात्र मुलुक र मुलुकका नागरिक मजवुत हुने भन्दै लोकतन्त्रलाई मजवुत बनाउन काँग्रेसलाई मजवुत बनाउनुपर्नेमा जोड दिएका छन । बुधवार नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३(२) को प्रदेश क्षेत्र स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले लोकतन्त्र बिरोधी केही व्यक्तिले हल्ला गर्दैमा व्यवस्था परिवर्तन नहुने बताएका छन् । उनले नेपाली जनताकै आन्दोलनको बलमा मुलुक संघीय गणतन्त्रात्मक व्यवस्था आएकाले त्यसलाई बदल्ने शक्ति कसैमा पनि नरहेको जिकिर गरे । नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३(२) को प्रदेश क्षेत्रका सभापति रामचन्द्र पंजियारको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादव , पुर्व सांसद स्मृति नारायण चौधरी , प्रमिला दास , नेपाली कांग्रेस धनुषा सचिव कन्हैया कर्ण , नेपाली कांग्रेसका नेता गणेश तिवारी सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..
काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..
14 घन्टा पहिले
जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्ष..
जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिल..
14 घन्टा पहिले
सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..
काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..
2 दिन पहिले
प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..
जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..
2 दिन पहिले
जनकपुरमा रेल र कार आपसमा ठोक्किए
धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..
3 दिन पहिले