
तामाकोशी गाउँपालिकाले प्रशासकीय अधिकृत निमेष मिश्रको एक कार्यक्रम गरि विदाई
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपक बस्नेत
फागुन २५, तामाकोशी ।
तामाकोशी गाउँपालिकाले प्रशासकीय अधिकृत निमेष मिश्रको एक कार्यक्रम गरि विदाई गरेको छ ।
करिव १८ महिनाको तामाकोशी गाउँपालिकाको बसाई पछि प्रशासकीय अधिकृत निमेष मिश्र योजना आयोगमा सरुवाभई जानु भएको हो । उहाँको सरुवाभए सँगै आज पालिकाले एक कार्यक्रम गरि विदाई गरेको छ । विदाई कार्यक्रममा जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, सरोकारवाला, पार्टी प्रतिनिधि र कार्मचारीको उपस्थिति रहेको थियो ।
आज भएको कार्यक्रममा वोल्नु हुँदै अधिकृत मिश्रले तामाकोशी गाउँपालिकाका जनप्रतिनिधि जनताकै नेताको रुपमा लिएको छु । "कतिपय ठाउँमा जनप्रतिनिधि र कर्मचारीको विचमा भएका घटनाहरु बाहिर आउँछन् तर यस गाउँपालिकाका जनप्रतिनिधि र हामीविच घनिष्ठ सम्बन्ध रहेकाले हामीले जनताको हरेक काम छलफल चलाई निर्णयमा पुगरे काम गरेका छौ,आगामी दिनमा पालिकाको उत्तरउत्तर प्रगतिको कामना गर्दछु, मौका मिलेछ भने फेरी भेटौंला" ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सीले निमेष मिश्र एकदमै कर्मचारीमैत्री, जनप्रतिनिधिमैत्री, विकास प्रेमी, उर्जावान, कर्मठ मिलनसार, स्थानिय जनताको हितमा काम गर्ने व्यक्ति भएकाले पालिकामा कुनैपनि विबाद आएन जनताको काम हामीले मिलेर गरेका छौ, हामी सवैको भनाई त उहाँ अझै यहीँ बस्नु भए हुने थियो तर उहाँको प्रगतिको कामना गर्नुपर्ने भएकाले रोक्न पनि सकेका छैनौं, भावुक हुँदै आगामी दिनको शुभकामना व्यक्त गर्नु भयो ।
गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रशासन प्रमुख श्रृष्टि के.सी. सहायक प्रमुख प्रशासकीय अधिकृत कुष बहादुर जिरेल, नेकपा एमालेका गाउँपालिका इन्र्चाज देवि फुयाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका सचिव दिल बहादुर के.सी लगाएतले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..
1 दिन पहिले
जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..
जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..
2 दिन पहिले
मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
2 दिन पहिले
सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
2 दिन पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
4 दिन पहिले