Janakpurdham
Wed, Aug 13, 2025
`

‘जनकपुरधाम-अयोध्या भार यात्रा’ वीरगञ्जबाट प्रस्थान, मेयर सिंहले पनि पठाए कोसेली !

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,पुष २० गते । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि ‘जनकपुरधाम-अयोध्या भार यात्रा’ वीरगञ्जबाट आज प्रस्थान गरेको छ ।जानकी मन्दिरका छोटा महन्त रामरोषण दासको नेतृत्वमा एक टोली राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भार (कोसेली) बोकेर अयोध्या हिँडेका हुन् । जनकपुरधामस्थित जानकी मन्दिरबाट बिहीबार सुरु गरिएको यात्रा राति विरगञ्ज पुगेर विश्राम गरियो ।आज बिहान उक्त टोली वीरगन्जबाट अयोध्याका लागि प्रस्थान गरिएको छ । टोलीमा सहभागी साधुसन्त र सहभागीलाई वीरगञ्जका मेयर राजेशमान सिंह र सुरक्षा अधिकारीहरूले बिदाइ गरे । उनीहरूले पनि राम मन्दिर प्राण प्रतिष्ठाका लागि कोसेली पठाएका हुन्‌ ।रक्सौलको बाटो भएर गोरखपुर हुँदै आज रातिसम्म अयोध्यासम्म पुग्ने जानकी मन्दिरका छोटा महन्त दासले बताए । सुनचाँदीका गरगहना, विभिन्न प्रकारका मिठाई, लुगा र फर्निचरका समानसहितका ११ सय बढी भार (कोसेली) शनिवार बिहान राम जन्मभूमि ट्रस्टलाई हस्तान्तरण गर्ने उनको भनाई छ ।राम जन्मभूमि अयोध्यामा ५ सय वर्षको संघर्षपछि राम मन्दिर निर्माण भएको छ । मन्दिरको प्राण प्रतिष्ठा जनवरी २२ तारिकमा तोकिएको छ ।जनकपुरधाम भगवान श्रीरामको ससुराल र माता सीताको माइत रहेकाले यहाँबाट मन्दिरको प्राण प्रतिष्ठाका लागि कोसेली लगिँदै छ । बाजागाजा र झाँकीसहितको भार यात्रामा हजारौँ साधुसन्त र श्रद्धालु सहभागी छन् ।

साभार : नेपाल प्रेस

`
12 comments
सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..

काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..

14 घन्टा पहिले

जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्ष..

जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिल..

14 घन्टा पहिले

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..

काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..

2 दिन पहिले

प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..

जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..

2 दिन पहिले

जनकपुरमा रेल र कार आपसमा ठोक्किए

धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..

3 दिन पहिले