Janakpurdham
Fri, Oct 16, 2026
`

‘जनकपुरधाम-अयोध्या भार यात्रा’ वीरगञ्जबाट प्रस्थान, मेयर सिंहले पनि पठाए कोसेली !

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,पुष २० गते । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि ‘जनकपुरधाम-अयोध्या भार यात्रा’ वीरगञ्जबाट आज प्रस्थान गरेको छ ।जानकी मन्दिरका छोटा महन्त रामरोषण दासको नेतृत्वमा एक टोली राम मन्दिरको प्राण प्रतिष्ठाका लागि भार (कोसेली) बोकेर अयोध्या हिँडेका हुन् । जनकपुरधामस्थित जानकी मन्दिरबाट बिहीबार सुरु गरिएको यात्रा राति विरगञ्ज पुगेर विश्राम गरियो ।आज बिहान उक्त टोली वीरगन्जबाट अयोध्याका लागि प्रस्थान गरिएको छ । टोलीमा सहभागी साधुसन्त र सहभागीलाई वीरगञ्जका मेयर राजेशमान सिंह र सुरक्षा अधिकारीहरूले बिदाइ गरे । उनीहरूले पनि राम मन्दिर प्राण प्रतिष्ठाका लागि कोसेली पठाएका हुन्‌ ।रक्सौलको बाटो भएर गोरखपुर हुँदै आज रातिसम्म अयोध्यासम्म पुग्ने जानकी मन्दिरका छोटा महन्त दासले बताए । सुनचाँदीका गरगहना, विभिन्न प्रकारका मिठाई, लुगा र फर्निचरका समानसहितका ११ सय बढी भार (कोसेली) शनिवार बिहान राम जन्मभूमि ट्रस्टलाई हस्तान्तरण गर्ने उनको भनाई छ ।राम जन्मभूमि अयोध्यामा ५ सय वर्षको संघर्षपछि राम मन्दिर निर्माण भएको छ । मन्दिरको प्राण प्रतिष्ठा जनवरी २२ तारिकमा तोकिएको छ ।जनकपुरधाम भगवान श्रीरामको ससुराल र माता सीताको माइत रहेकाले यहाँबाट मन्दिरको प्राण प्रतिष्ठाका लागि कोसेली लगिँदै छ । बाजागाजा र झाँकीसहितको भार यात्रामा हजारौँ साधुसन्त र श्रद्धालु सहभागी छन् ।

साभार : नेपाल प्रेस

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

20 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

21 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

20 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

2 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

2 दिन पहिले