
‘सपना परियोजना’बाट हजुरआमाहरु पनि पोषण सम्बन्धी जानकार बन्दैै
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, २० गते पुस । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं.४ खजुरीकी सकिला खातुन अचेल व्यक्तिगत सरसफाईका साथ आफ्ना नातिनातिनीहरुलाई घरमै बनाएर पोषणयुक्त खाना खुवाउनु हुन्छ । पहिला सरसफाईमा खासै ध्यान नदिने सकिला सपना परियोजना अन्तरगत तालिम पाएर घासभुसा गरेपछि साबुन पानीले नियमित हात धुने नातिनातिनीहरुको लुगा सफाई गर्ने देखि घरमै बनाएको पोषणयुक्त खाना खुवाउनु हुन्छ । उहाँ भन्नु हुन्छ,‘बच्चालाई बाहिरको पाकेटको खाना खुवाउदिन, घरमै चामल भटमास, तरकारीहरुबाट बनाएको परिकार खुवाउछु । यसले उनिहरुको स्वास्थ्यमा प्रभावकारी असर देखिएको छ ।’उहाँ पहिला नसिकेकाले आफ्नो पालामा छोराछोरीलाई खासै सफाईमा ध्यान नदिएपनि यो परियोजनाको कारणले नातिनातिनीलाई सरसफाईका साथै पोषण युक्त खाना पकाउदा खुसी महसुश भईरहेको बताउनु भयो ।
सामाजिक विकास र अनुसन्धान केन्द्रले प्लान इन्टरनेशनलको साझेदारीमा संचालन गरेको बालबालिकाको लागी सपना परियोजना अन्तरगत सकिला खातुन जस्तै अन्य महिलाहरुमा समेत बालबालिकाको स्याहारसुसार लगायतका उनिहरुको सर्वाङिगन विकासमा ध्यान दिईरहेका छन् । गाँउमा यो परियोजना आए देखि बालबिबाहमा कमि आएको, जन्मदेखि २ वर्ष सम्मका बालबालिकाहरुको पोषण देखि समयमा खोप दिने,घरवरिपरि हुने दुर्घटनाहरुबाट नानीहरुलाई बचाउने लगायतका कामका जानकारी परियोजनामा सहभागी भएका महिलाहरु बताउछ्न । बालबालिका शारिरिक, मानसिक विकाससंग लक्षित कार्यक्रममा सहभागी भएपछि सकिलाले नातिनातिनीलाई राम्ररी हुर्काउन सहज बनेको छ ।
परियोजनाले गर्दा सकिलाको क्षमता अभिवृद्धि समेत भैरहेको छ । बालबालिकाको सपना परियोजनाले खजुरीका अन्य महिलाहरुको जिवनशैलिमा समेत परिवर्तन भएको देखिन्छ । बालबालिकाको सपना परीयोजनाका संयोजक बिवश श्रेष्ठका अनुसार बालबालिकाको सर्वाङ्गीन विकासका लागी आमा बुवाले के कस्तो कुरामा ध्यान दिन आवश्यक छ, भन्ने जानकारी महिलाहरुमा भईरहेको छ । यो परियोजना धनुषा जिल्लाको बिदेह नगरपालिका र जनकनन्दिनी गाउँपालिकामा संचालनमा छ ।

सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..
काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..
13 घन्टा पहिले
जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्ष..
जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिल..
13 घन्टा पहिले
सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..
काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..
2 दिन पहिले
प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..
जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..
2 दिन पहिले
जनकपुरमा रेल र कार आपसमा ठोक्किए
धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..
3 दिन पहिले