
प्रदेश स्तरीय दलित तथा आदिवासी जनजाति गैर सरकारी संस्था हरुको क्षमता अभवृद्धि तालिम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, पुष २० गते ।जनकपुरमा प्रदेश स्तरीय दलित तथा आदिवासी जनजाति गैर सरकारी संस्था हरुको क्षमता अभवृद्धि तालिम सम्पन्न भएको छ । नेपाली कांग्रेसका युवा नेता संजिव यादवको प्रमुख आतिथ्यमा शुक्रवार भएको सो कार्यक्रममा सहभागीहरुले नेपाली समाजमा रहेको जातव्यवस्था र यसले सिर्जना गरेको जातीय छुवाछूत तथा विभेद अन्त्यका लागि दलित नागरिक समाजको भूमिका अपरिहार्य रहेको बताए । दलित अधिकार सुनिश्चित गर्न नागरिक समाजका ेभूमिका र जिम्मेवारीलाई थप मजबुत बनाउने मूल उद्देश्यका साथ लिडर सीप एकेडमी नेपालले दलित गैरसरकारी संस्थाको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरेको बताए । लिडर सीप एकेडमी नेपालका अध्यक्ष प्रभाकर प्रधानको अध्यक्षतामा भएको सो कार्यक्रममा सबै किसिमको आर्थिक एवं सामाजिक असमानता हटाई दलित समुदायको आर्थिक सबलीकरण गर्न उनीहरुको परम्परागत पेसा, कला, सीप, व्यवसायको प्रोत्साहन र प्रवद्र्धनमा राज्यले नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिईएको छ । विशेषतः दलितको सीपको प्रयोग गरी उत्पादन बढाउन राज्यले विशेष कार्यक्रम ल्याउनमा जोड थियो । दलितले पुस्तौँदेखि बजाउँदै आएको बाजा वा कलालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन राज्यले भूमिका खेल्न सक्छ । जबसम्म दलित लगायत उत्पीडित समुदाय आर्थिक रुपमा सबल हुँदैनन , तबसम्म देशको समृद्धि भएको मान्न नसकिनेमा वतmाहरुको जोड थियो ।

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
12 घन्टा पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
12 घन्टा पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
12 घन्टा पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
2 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले