Janakpurdham
Tue, Sep 22, 2026
`

स्वास्थ्य बिमा गराई यसको लाभ उठाउन सबैलाई मन्त्री सिंहको आग्रह

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, पुष २० गते ।मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन र प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न आफु प्रतिवद्ध रहेको बताएका छन । शुक्रवार प्रदेश स्वास्थ्य बिमा संयोजन समिति सदस्यहरुको प्रथम बैठक तथा स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्यका विभिन्न विधाहरूमा अनुसन्धान हुन जरुरी रहेको बताए । स्वास्थ्यका महत्वपूर्ण क्षेत्रहरूको पहिचान गरी प्राथमिकताका आधारमा रहेर ती क्षेत्रहरूमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माणमा जोड दिईने बताउंदै उनले हरेक नागरिकको आधारभूत स्वास्थ्यको जिम्मा सरकारको सरोकार भए पनि स्वास्थ्य बीमा मार्फत नजिकको अस्पतालमा आवश्यक सुविधा समेत सजिलै लिन सकिने भएकोले स्वास्थ्य बिमा गराई यसको लाभउठाउन सबैलाई आग्रह गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका सचिव डा.प्रमोद कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रमुख डा.राजीव झा , अर्थ मन्त्रालय मधेश प्रदेशका अजय कुमार लाल , महाशाखा प्रमुख ईन्द्रजीत रजक , बिमा बोर्डका संयोजक मनोज पौडेल , नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन कुमार सिंह , रामजी यादव , सुधिर कुमार राय , सरिता ठाकुर सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । स्वास्थ्य बीमा कैलाली जिल्लाबाट २०७२ साल चैत्र २५ गते शुरु भएको थियो । नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमाको मुख्य उद्धेश्य भनेको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच एवं उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने आकस्मिक, अनायास, अप्रत्यासित रुपले रोगको कारणले गर्दा अचानक आइपर्ने आर्थिक भार लाई पुर्व भुक्तानीको माध्यमबाट आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने संयन्त्र नै स्वास्थ्य बीमा हो । यो बृहत सामाजिक साझेदारीको अवधारणा अनुरुप सरकारद्वारा ल्यईएको सर्वसाधाराणको लागि बरदान हो। यस कार्यक्रममा व्यक्ति, समुदाय र सरकारको प्रत्यक्ष सहभागिता रहने गर्दछ। यसका साथ साथै सेवा प्रदायक स्वास्थ्य संस्था, स्वास्थ्य बीमा बोर्ड, एवं सरकारको प्रत्यक्ष सहभागितामा आधारित सामाजिक साझेदारीमा आधारीत कार्यक्रम हो।

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

24 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

24 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले