
सहकारीको अभियानलाई उत्पादनसँग जोड्न सकेमात्र समृद्ध समाजको निर्माण हुन सक्ने : वक्ताहरु
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, पुष २१ गते ।सहकारी संस्थाहरूलाई उत्पादनमुखी काममा लाग्नुपर्नेमा एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । आस्था बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न चौधौं साधारणसभाको उद्घाटन सत्रमा सहभागीहरुले सहकारीको अभियानलाई उत्पादनसँग जोड्न सकेमात्र समृद्ध समाजको निर्माण हुन सक्ने बताए । सहकारी समाज विकास र परिवर्तनको सम्बाहकको रूपमा प्रयोग हुन सक्ने साधन भएकाले त्यसका सञ्चालकहरूले सुझबुझका साथ नीति, विधि र प्रक्रियाभित्र रहेर सहकारीलाई उत्पादनमुखी अस्त्रको रूपमा प्रयोग गर्न आग्रह गरे । कार्यक्रममा अहिलेसम्मका सहकारीका गतिविधिलाई हेर्दा कतिपयले सहकारीलाई ठगी खाने भाडोका रूपमा प्रयोग गरेको बुझिन आएकाले त्यस्ता खालका सहकारीहरूले तत्काल पारदर्शी तरिकाले अघि बढ्न आग्रह गरे । सर्वसाधारण नागरिकले गास कटाएर बचत गरेको धनमाथि खेलबाड गर्ने अधिकार कसैलाई नभएको भन्दै त्यस्ता खालका गतिविधि गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ । संस्थाका अध्यक्ष बिनोद कुमार साहको अध्यक्षता भएको सो कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के पी उप्रेती प्रमुख अतिथि रहेका थिए । संस्थाले आफ्ना असल बचतकर्ता, असल ऋणि, ज्येष्ठ नागरिक बचत कर्ता लगायतलाई सम्मान गरेको थियो । आस्था बचत तथा ऋण सहकारी संस्थामा कुल २२ हजार ३ सय २९ सदस्य रहेको छ भने कुल ९ करोड २२ लाख ५७ हजार ४ सय शेयर पूंजी रहेको छ ।

सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..
काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..
12 घन्टा पहिले
जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्ष..
जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिल..
12 घन्टा पहिले
सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..
काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..
2 दिन पहिले
प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..
जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..
2 दिन पहिले
जनकपुरमा रेल र कार आपसमा ठोक्किए
धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..
3 दिन पहिले