
हनुमत रथयात्रा : जानकी मन्दिरमा पूजाअर्चना
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

महेन्द्रनगर,पुष २१ गते । भारतको कर्नाटक राज्य किस्किन्धाबाट आएको हनुमत रथयात्राका टोलीले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेको छ ।बिहीबार धनुषाको जटही नाका हुँदै जनकपुरधाम प्रवेश गरेको उक्त रथयात्रामा सहभागीले जानकी मन्दिरमा शुक्रबार आरती गरेपश्चात् नगर परिक्रमा गरेको थियो ।आज जनकपुरधामबाट काठमाडौँका लागि रथयात्रा प्रस्थान गर्ने तयारी भइरहेको अयोध्याबाट आएका धर्मगुरु शङ्कराचार्यले बताए ।भगवान् हनुमान्को जन्म भारतको किस्किन्धामा हनुमान्को प्रतिमा सात सय पाँच फिट अग्लो बनाउने र त्यसको वरपर धाम निमार्ण गर्ने उद्देश्यले रथयात्रा निकालिएको किस्किन्धाबाट आएका गुरु स्वामीले बताए ।निर्माण गरिने हनुमान्को उक्त प्रतिमा विश्वको सबैभन्दा ठूलो हुने उनको भनाइ थियो । उनका अनुसार रथयात्रा १२ वर्षसम्म चल्नेछ ।सन् २०३२ सम्म रथयात्रा पूर्ण हुने भएकाले जानकी माताको पूजाअर्चना गर्न किस्किन्धाबाट गुरु स्वामी र अयोध्याबाट धर्मगुरु शङ्कराचार्य, गङ्गाधर पाठक, राष्ट्रिय संयोजक विमलकुमार केडिया, संस्कृति एवं धार्मिक संयोजक केसवसहितका धर्मगुरु जनकपुरधाम आएका छन् ।शुक्रबार बेलुका जानकी मन्दिरमा रथ हेर्न र पूजा गर्न श्रद्धालु भक्तजनको भीड लागेको थियो । त्यस क्रममा गुरु पाठकले इतिहासमै पहिलोपटक भगवान् हनुमान् आफ्नो जन्म भूमिबाट सिधा सीतामाताको भूमिमा आएको जानकारी दिए । उनले यात्रामा सहभागी भएर सीतामाताको भूमिमा आउँदा खुसी लागेको बताए ।गुरु पाठकले भने, ‘अयोध्यामा निर्माण भएको राम मन्दिरजस्तै किस्किन्धामा पनि हनुमान्को मन्दिर एवं धाम निर्माण भइरहेको छ ।’सम्पूर्ण जनकपुरधामबासी एवं नेपालीलाई उनले एक पटक किस्किन्धा पुगेर हनुमान्को जन्मस्थलको दर्शन गर्न आमन्त्रण गरे ।साभार : नेपाल प्रेस

सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..
काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..
12 घन्टा पहिले
जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्ष..
जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिल..
13 घन्टा पहिले
सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..
काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..
2 दिन पहिले
प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..
जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..
2 दिन पहिले
जनकपुरमा रेल र कार आपसमा ठोक्किए
धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..
3 दिन पहिले