Janakpurdham
Wed, Aug 13, 2025
`

बरहथवा गोलीकाण्ड: दोषीमाथि कडा कारबाही गर्ने सिडिओको प्रतिबद्धता

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,पुष २१ गते ।  सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बरहथवामा प्रहरीको गोली लागेर युवा व्यवसायी जयशंकर प्रसाद साहको मृत्यु भएको घटनाका दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रजिअ धमलाले स्थानीयवासीसँग संयमता अपनाउन अपिल गर्दै सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले मानवीय क्षतिको उचित सम्बोधनको प्रतिवद्धता व्यक्त गरेका छन् ।उक्त घटनालाई लिएर थप अप्रिय घटना घटन नदिनेतर्फ जिल्ला सुरक्षा समिति संवेदनशील रहेको व्यहोरा उनको अपिलमा उल्लेख छ ‌। वार्ता र संवादको माध्यमबाट समस्या समाधानको पहल भईरहेको उनको भनाई छ ।मृतक साहको शव अहिलेसम्म सडकमै छ । पीडित परिवारले साहलाई शहिद घोषणा, बरहथवाका मेयर र गोली चलाउनेलाई कारबाही, प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी मृतकको नामबाट नामाकरण र शालिक निर्माण गर्नुपर्नेसहितका माग राखेका छन् ।वडा नम्बर ५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि शुक्रवार ५ दलले आन्दोलन गरेको थियो । आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाउँदा व्यवसायी साहलाई लागेपछि तत्कालै मृत्यू भयो ।मृतक साह आन्दोलनमा थिएनन् । आन्दोलन अझ उग्ररुप लिएपछि प्रशासनले आज विहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो । आज विहान ८ बजेदेखि प्रशासनले भोली विहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।साभार : नेपाल प्रेस

`
12 comments
सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..

काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..

12 घन्टा पहिले

जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्ष..

जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिल..

12 घन्टा पहिले

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..

काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..

2 दिन पहिले

प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..

जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..

2 दिन पहिले

जनकपुरमा रेल र कार आपसमा ठोक्किए

धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..

3 दिन पहिले