Janakpurdham
Wed, Aug 13, 2025
`

बसबिट्टीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, पुस २१ गते ।  जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीमा शनिबार भएको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय भन्दा बढी जनाले लाभ लिएका छन् । बशिष्ठ मुनि बचत तथा ऋण सहकारी संस्था लि. बसबिट्टी को आयोजना तथा म्याक्स लाईफ अस्पताल जनकपसरधामको सहयोगमा भएको सो निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा ७० प्रतिशत भन्दा बढी महिलाहरु उपचार गराएको संस्थाका पुर्व उपाध्यक्ष तथा वडा नं. २२ का वडाध्यक्ष बिमलेश मिश्राले जानकारी दिनुभयो । बशिष्ठ मुनि बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष धर्मेश प्रसाद ठाकुरको बिशेष पहलमा बिहान १० बजे देखि दिउसो ४ वजे सम्म सफलतापूर्वक सञ्चालन भएको सो शिविरमा म्याक्स लाईफ अस्पतालका चिकित्सकहरुले विरामीहरुको उपचार गरेका थिए । शिविरमा सरकारी संस्थाका शेयर सदस्य तथा अन्य ग्रामिण २ सय ३५ जनालाई विभिन्न प्रकारका रोगहरुको जाँच गरिएको संस्थाका संस्थापक लालबाबु मिश्रले जानकारी दिनुभयो । सहभागीहरुलाई जेनरल फिजिसियन, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, बाल रोग, हाड जोर्नी तथा नशा रोग विशेषज्ञहरुले चेकजाँच गर्नुका साथै ल्याब जाँच अन्तरगत मधुमेह, पिसाब जाँच, रक्तचाप ईसीजी लगायतका जाँच समेत गरिएको संस्थाका अध्यक्ष ठाकुरले जानकारी दिनुभयो ।

`
12 comments
सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..

काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..

12 घन्टा पहिले

जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्ष..

जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिल..

12 घन्टा पहिले

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..

काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..

2 दिन पहिले

प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..

जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..

2 दिन पहिले

जनकपुरमा रेल र कार आपसमा ठोक्किए

धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..

3 दिन पहिले