बरहथवा गोलीकाण्ड : साहको शव सडकमै, आफन्तले गराए बजार र यातायात बन्द
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,पुष २२ गते । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहका परिवार तथा आफन्त बजार र यातायात बन्द गराएका छन् ।मृतक साहका आफन्त र स्थानीय सडकमा टायर बालेर बजार र यातायात बन्द गराएका हुन् । उनीहरू बिहानैदेखि प्रहरी प्रशासन र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने/नगर्ने विषयमा विवाद चर्केपछि ५ दलले आह्वान गरेको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर सर्लाही होटलका सञ्चालक साहको मृत्यु भयो ।मृतक साहको शव अझै घटनास्थलमै छ । पीडित परिवारले साहलाई सहिद घोषणा, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति गर्नु पर्नेसहितका ८ बुँदे माग राखेका छन् ।शनिवार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा मृतक परिवारलाई बोलाएर प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले सहमतिको प्रयास गरे । तर मागहरू सम्बोधन नगरेसम्म सहमति नगर्ने अडान पीडित परिवारले राखेपछि सहमति हुन सकेन ।मृतकका भान्जा विवेक साहले केहि माग तत्कालै पुरा गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी धमलाले बताएपछि सहमति नभएको बताए । उनले भने, ‘आज १२ बजेसम्मको समय प्रमुख जिल्ला अधिकारीले दिनुभएको छ । हेरौँ के हुन्छ ।’गृह मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन र मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । तर पीडित परिवारले राखेको ८ बुँदे माग पुरा हुनुपर्ने अडान राखेको छ ।प्रहरीको गोलीले साहको मृत्यु भएपछि अवस्था अनियन्त्रित हुन नदिन शनिवार बिहान ८ बजेसम्म प्रशासनले कर्फ्यु लगाएको थियो । शनिवार बिहानदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरेको निषेधाज्ञा पनि सकेपछि पीडित परिवार आन्दोलित बनेका छन् ।साभार : नेपाल प्रेस

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
19 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
19 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
19 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
2 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
2 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने