Janakpurdham
Wed, Aug 13, 2025
`

बरहथवा गोलीकाण्ड : साहको शव सडकमै, आफन्तले गराए बजार र यातायात बन्द

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,पुष २२ गते ।  सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहका परिवार तथा आफन्त बजार र यातायात बन्द गराएका छन् ।मृतक साहका आफन्त र स्थानीय सडकमा टायर बालेर बजार र यातायात बन्द गराएका हुन् । उनीहरू बिहानैदेखि प्रहरी प्रशासन र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने/नगर्ने विषयमा विवाद चर्केपछि ५ दलले आह्वान गरेको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर सर्लाही होटलका सञ्चालक साहको मृत्यु भयो ।मृतक साहको शव अझै घटनास्थलमै छ । पीडित परिवारले साहलाई सहिद घोषणा, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति गर्नु पर्नेसहितका ८ बुँदे माग राखेका छन् ।शनिवार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा मृतक परिवारलाई बोलाएर प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले सहमतिको प्रयास गरे । तर मागहरू सम्बोधन नगरेसम्म सहमति नगर्ने अडान पीडित परिवारले राखेपछि सहमति हुन सकेन ।मृतकका भान्जा विवेक साहले केहि माग तत्कालै पुरा गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी धमलाले बताएपछि सहमति नभएको बताए । उनले भने, ‘आज १२ बजेसम्मको समय प्रमुख जिल्ला अधिकारीले दिनुभएको छ ‌। हेरौँ के हुन्छ ।’गृह मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन र मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । तर पीडित परिवारले राखेको ८ बुँदे माग पुरा हुनुपर्ने अडान राखेको छ ।प्रहरीको गोलीले साहको मृत्यु भएपछि अवस्था अनियन्त्रित हुन नदिन शनिवार बिहान ८ बजेसम्म प्रशासनले कर्फ्यु लगाएको थियो । शनिवार बिहानदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरेको निषेधाज्ञा पनि सकेपछि पीडित परिवार आन्दोलित बनेका छन् ।साभार : नेपाल प्रेस

`
12 comments
सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..

काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..

1 दिन पहिले

प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..

जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..

1 दिन पहिले

जनकपुरमा रेल र कार आपसमा ठोक्किए

धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..

2 दिन पहिले

लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ..

ललितपुर, साउन २५ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कु..

2 दिन पहिले

कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले ..

काठमाडौं, साउन २४ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबा..

3 दिन पहिले