Janakpurdham
Tue, Sep 22, 2026
`

दशगज्जा क्षेत्रमा अबैज्ञानिक तारिकाले सिमा स्तम्भ राखिएको छ : सांसद महतो

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, पुस २२ गते । पुर्व मन्त्री तथा धनुषा क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य जुली महतोले धनुष जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा निर्माण भएको नेपाल भारत सिमा स्तम्भ अबैज्ञानिक तरिकाले निर्माण भएको बताउनु भएको छ । मुखियापट्टी मुसहरनियाँ वडा नं. २ मा गठित सिमा प्रभावित खाद्य अधिकार समुहको प्रभावित क्षेत्रको भ्रमणका क्रममा साँसद महतोले अबैज्ञानिक सिमा स्तम्भका कारण नेपाल तर्फका किसानहरुको जग्गा भारतीय पक्षले अतिक्रमण गरेको सदनमा यसको बारेमा आवाज उठाउने बताउनु भयो । खाद्य अधिकारका क्षेत्रमा काम गरिरहेको फियान नेपालका प्रदेश प्रमुख नन्दनी यादवको अगुवाईमा भएको सो अनुगमन भ्रमणमा सहभागी किसानहरुले आफुहरुले आफ्ना लालपुर्जा रहेको जग्गाको कुत बुझाए पनि भारतीय पक्षको दमनका कारण जग्गा जोतखन गर्न नपाएको बताए । मुखियापट्टी मुसहरनियाँ गाउपालिका वडा नं. २ का भिकारी यादवले आफु संग लालपुर्जा सहित १५ कठ्ठा जग्गा रहेपनि नदीले वहाव परिवर्तनसँगै सो जग्गा हेर्दा हेर्दै भारततर्फ गएपछि अहिले भारतीय पक्षले जोतखनमा अवरोध पुर्याएको बताउनु भयो । उहाँका अनुसार नेपाल–भारत सीमानामा पर्ने जमुनी नदीले बहाव परिवर्तन गर्दै करिब ५ सय मिटर नेपाली भूमि मिचिएको छ । केहि वर्ष पहिला नेपाल भारत दुबै देशका सरकारी निकायको तर्फबाट सिमा क्षेत्रमा नयाँ सिमास्तम्भ निर्माण हुँदा नदीको बहाब परिवर्तन संगै पहिलाको ठाउँमा नभई अकै स्थानमा सिमा स्तम्भ राखेकाले किसानहरुको जमिन जोतखनमा समस्या भएको हो । किसानहरुको लालपुर्जाबाला खेतमा नेपाल भारतको सीमास्तम्भ छ, सीमा स्तम्भको पारी भारत र वारी नेपालको भूमि हा । उनिहरुले निजी जग्गामा कसरी सिमास्तम्भ राखियो भन्दै दशगज्जा क्षेत्रको नियमानुसार पिलर व्यवस्थापनको माग गरिरहेका छन् ।

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

24 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

24 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले