Janakpurdham
Wed, Aug 13, 2025
`

दशगज्जा क्षेत्रमा अबैज्ञानिक तारिकाले सिमा स्तम्भ राखिएको छ : सांसद महतो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, पुस २२ गते । पुर्व मन्त्री तथा धनुषा क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य जुली महतोले धनुष जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा निर्माण भएको नेपाल भारत सिमा स्तम्भ अबैज्ञानिक तरिकाले निर्माण भएको बताउनु भएको छ । मुखियापट्टी मुसहरनियाँ वडा नं. २ मा गठित सिमा प्रभावित खाद्य अधिकार समुहको प्रभावित क्षेत्रको भ्रमणका क्रममा साँसद महतोले अबैज्ञानिक सिमा स्तम्भका कारण नेपाल तर्फका किसानहरुको जग्गा भारतीय पक्षले अतिक्रमण गरेको सदनमा यसको बारेमा आवाज उठाउने बताउनु भयो । खाद्य अधिकारका क्षेत्रमा काम गरिरहेको फियान नेपालका प्रदेश प्रमुख नन्दनी यादवको अगुवाईमा भएको सो अनुगमन भ्रमणमा सहभागी किसानहरुले आफुहरुले आफ्ना लालपुर्जा रहेको जग्गाको कुत बुझाए पनि भारतीय पक्षको दमनका कारण जग्गा जोतखन गर्न नपाएको बताए । मुखियापट्टी मुसहरनियाँ गाउपालिका वडा नं. २ का भिकारी यादवले आफु संग लालपुर्जा सहित १५ कठ्ठा जग्गा रहेपनि नदीले वहाव परिवर्तनसँगै सो जग्गा हेर्दा हेर्दै भारततर्फ गएपछि अहिले भारतीय पक्षले जोतखनमा अवरोध पुर्याएको बताउनु भयो । उहाँका अनुसार नेपाल–भारत सीमानामा पर्ने जमुनी नदीले बहाव परिवर्तन गर्दै करिब ५ सय मिटर नेपाली भूमि मिचिएको छ । केहि वर्ष पहिला नेपाल भारत दुबै देशका सरकारी निकायको तर्फबाट सिमा क्षेत्रमा नयाँ सिमास्तम्भ निर्माण हुँदा नदीको बहाब परिवर्तन संगै पहिलाको ठाउँमा नभई अकै स्थानमा सिमा स्तम्भ राखेकाले किसानहरुको जमिन जोतखनमा समस्या भएको हो । किसानहरुको लालपुर्जाबाला खेतमा नेपाल भारतको सीमास्तम्भ छ, सीमा स्तम्भको पारी भारत र वारी नेपालको भूमि हा । उनिहरुले निजी जग्गामा कसरी सिमास्तम्भ राखियो भन्दै दशगज्जा क्षेत्रको नियमानुसार पिलर व्यवस्थापनको माग गरिरहेका छन् ।

`
12 comments
सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..

काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..

1 दिन पहिले

प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..

जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..

1 दिन पहिले

जनकपुरमा रेल र कार आपसमा ठोक्किए

धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..

2 दिन पहिले

लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ..

ललितपुर, साउन २५ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कु..

2 दिन पहिले

कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले ..

काठमाडौं, साउन २४ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबा..

3 दिन पहिले