आजको मौसम : तराईका भू-भागमा हुस्सु र कुहिरो
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,पुष २४ गते । चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको र तराईका अधिकांश भू–भागमा हुस्सु/कुहिरो लागेको उल्लेख छ ।विभागले आज दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागद्वारा प्रकाशित सो बुलेटिनमा उल्लेख छ ।राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आउँदो २४ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा तराई भू–भागका केही स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा अपराह्नसम्ममा क्रमिकरूपमा सुधार हुने जानकारी दिइएको छ । यही पुस २५ गते बुधबार कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । यस्तै त्यस दिन राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।साभार : नेपाल प्रेस

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
19 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
19 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
19 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
2 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
2 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने