
महोत्तरीमा एकआपसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,पुष २४ गते । महोत्तरीको औरही नगरपालिका १ मा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकलमै सवार दुई जना घाइते पनि भएका हुन् ।वडा कार्यालय नजिकै सोमबार राति करिब ९ बजे प्रदेश २-०२-००४ प १८४० र ज ११ प ८०९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो ।प्रहरीका अनुसार दुर्घटनामा रामगोपालपुर नगरपालिकाका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका ३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले मृतक को कुन मोटरसाइकलमा सवार थिए भन्ने कुरा खुल्न नसेकेको बताए ।उनका अनुसार भंगहा नगरपालिका ५ का ३१ वर्षीय श्रीराम गोसाईं र बर्दिबास नगरपालिकाका २६ वर्षीय प्रदीप कुमार यादव घाइते भएका छन् ।मोटरसाइकल ठोक्किएपछि पक्की सडकमा खसेका चमार र महतोको घटनास्थलमै मृत्यु भएको थियो । घाइते गोसाईं र यादवको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाई छ ।साभार : नेपाल प्रेस

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..
काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..
1 दिन पहिले
प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..
जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..
1 दिन पहिले
जनकपुरमा रेल र कार आपसमा ठोक्किए
धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..
2 दिन पहिले
लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ..
ललितपुर, साउन २५ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कु..
2 दिन पहिले
कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले ..
काठमाडौं, साउन २४ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबा..
3 दिन पहिले