महोत्तरीमा एकआपसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,पुष २४ गते । महोत्तरीको औरही नगरपालिका १ मा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकलमै सवार दुई जना घाइते पनि भएका हुन् ।वडा कार्यालय नजिकै सोमबार राति करिब ९ बजे प्रदेश २-०२-००४ प १८४० र ज ११ प ८०९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो ।प्रहरीका अनुसार दुर्घटनामा रामगोपालपुर नगरपालिकाका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका ३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले मृतक को कुन मोटरसाइकलमा सवार थिए भन्ने कुरा खुल्न नसेकेको बताए ।उनका अनुसार भंगहा नगरपालिका ५ का ३१ वर्षीय श्रीराम गोसाईं र बर्दिबास नगरपालिकाका २६ वर्षीय प्रदीप कुमार यादव घाइते भएका छन् ।मोटरसाइकल ठोक्किएपछि पक्की सडकमा खसेका चमार र महतोको घटनास्थलमै मृत्यु भएको थियो । घाइते गोसाईं र यादवको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाई छ ।साभार : नेपाल प्रेस

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
3 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
3 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
1 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
1 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले