
देउवाका लागि मधेस भनेकै आनन्द ढुंगाना र रमेश रिजाल मात्र
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,पुष २४ गते । कुनै समय तराई मधेस नेपाली कांग्रेसको भोट बैंक मानिन्थ्यो ।अन्य जिल्लामा कांग्रेसले नजित्दा पनि तराई मधेसबाट शानदार प्रतिनिधित्व हुने गथ्र्यो । बीपी कोइराला, कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइरालाको पालासम्म पनि कांग्रेसले तराई मधेसलाई निकै प्राथमिकता दिने गरेको थियो ।तर १३ र १४औं महाधिवेशनपछि भने कांग्रेसले तराई मधेसलाई कम प्राथमिकता दिने गरेको छ । शेरबहादुर देउवा सभापति भएर आएपछि तराई मधेसलाई हेर्ने कांग्रेसको नजरमा फरक आएको छ ।केही गुटका नेतालाई च्याप्ने र उनीहरूलाई पटकपटक अवसर दिनेबाहेक देउवाले संगठन विस्तारमा समेत वास्ता गर्न छाडेका छन् । तराई मधेसमा कांग्रेसका विमलेन्द्र निधि, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, कृष्ण यादवलगायतका चर्चित नेताहरू छन् ।पछिल्लो समय निधिसँग देउवाको सम्बन्ध बिग्रियो । त्यसपछि उनले मधेसमा नेता भनेकै आनन्दप्रसाद ढुंगाना र रमेश रिजालबाहेक अरुलाई महत्व दिनै छाडेका छन् ।महाधिवेशनमा मधेस प्रदेशबाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुंगाना, मधेस प्रदेशबाट मन्त्री पनि रमेश रिजाल, राष्ट्रिय सभा मा पनि आनन्द ढुंगाना, यसबाट मधेस प्रदेशमा अरु मधेसी नेता छैनन् भन्ने आमकांग्रेसीमा पर्न गएको छ ।महाधिवेशन, मन्त्री बनाउँदा र अहिले राष्ट्रिय सभाको निर्वाचनमा पनि देउवाले मधेसी नेता कार्यकर्तालाई उपेक्षा गरेका छन् । गत वर्षको निर्वाचनमा पनि कांग्रेस मधेस प्रदेशमा ठूलो दल बन्न पुगेको थियो ।स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि कांग्रेसले धेरै जनप्रतिनिधि पाएको छ । तर त्यही मधेस अहिले देउवाको नजरमा उपेक्षामा परेको छ ।साभार : मिडिया डबली

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
12 घन्टा पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
12 घन्टा पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
12 घन्टा पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
2 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले