Janakpurdham
Tue, Sep 22, 2026
`

देउवाका लागि मधेस भनेकै आनन्द ढुंगाना र रमेश रिजाल मात्र

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,पुष २४ गते ।  कुनै समय तराई मधेस नेपाली कांग्रेसको भोट बैंक मानिन्थ्यो ।अन्य जिल्लामा कांग्रेसले नजित्दा पनि तराई मधेसबाट शानदार प्रतिनिधित्व हुने गथ्र्यो । बीपी कोइराला, कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइरालाको पालासम्म पनि कांग्रेसले तराई मधेसलाई निकै प्राथमिकता दिने गरेको थियो ।तर १३ र १४औं महाधिवेशनपछि भने कांग्रेसले तराई मधेसलाई कम प्राथमिकता दिने गरेको छ । शेरबहादुर देउवा सभापति भएर आएपछि तराई मधेसलाई हेर्ने कांग्रेसको नजरमा फरक आएको छ ।केही गुटका नेतालाई च्याप्ने र उनीहरूलाई पटकपटक अवसर दिनेबाहेक देउवाले संगठन विस्तारमा समेत वास्ता गर्न छाडेका छन् । तराई मधेसमा कांग्रेसका विमलेन्द्र निधि, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, कृष्ण यादवलगायतका चर्चित नेताहरू छन् ।पछिल्लो समय निधिसँग देउवाको सम्बन्ध बिग्रियो । त्यसपछि उनले मधेसमा नेता भनेकै आनन्दप्रसाद ढुंगाना र रमेश रिजालबाहेक अरुलाई महत्व दिनै छाडेका छन् ।महाधिवेशनमा मधेस प्रदेशबाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुंगाना, मधेस प्रदेशबाट मन्त्री पनि रमेश रिजाल, राष्ट्रिय सभा मा पनि आनन्द ढुंगाना, यसबाट मधेस प्रदेशमा अरु मधेसी नेता छैनन् भन्ने आमकांग्रेसीमा पर्न गएको छ ।महाधिवेशन, मन्त्री बनाउँदा र अहिले राष्ट्रिय सभाको निर्वाचनमा पनि देउवाले मधेसी नेता कार्यकर्तालाई उपेक्षा गरेका छन् । गत वर्षको निर्वाचनमा पनि कांग्रेस मधेस प्रदेशमा ठूलो दल बन्न पुगेको थियो ।स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि कांग्रेसले धेरै जनप्रतिनिधि पाएको छ । तर त्यही मधेस अहिले देउवाको नजरमा उपेक्षामा परेको छ ।साभार : मिडिया डबली

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

24 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

24 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले