Janakpurdham
Wed, Aug 13, 2025
`

थमन विक हत्या प्रकरण : अदालतको फैसला पूर्वाग्रही रहेको भन्दै महोत्तरीमा प्रदर्शन

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,पुष २८ गते ।  सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले सात जनालाई सुनाएको जन्मकैदको फैसला विभेदकारी तथा पूर्वाग्रही रहेको भन्दै मटिहानीमा आज प्रदर्शन गरिएको छ ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नगर कमिटी मटिहानीका अध्यक्ष श्याम मण्डलको नेतृत्वमा अदालतको फैसलाविरुद्ध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘मधेश आन्दोलनका झुटा मुद्दा खारेज गर’, ‘अदालतले पूर्वाग्रही फैसला गर्न पाइँदैन्’, ‘वीर शहिद रमर रहे’ जस्ता नारा लगाए ।मधेश आन्दोलनका बेला ०७२ भदौ २५ मा जलेश्वरमा घाइते भएका सशस्त्रका असई विकको उपचारका लागि जनकपुरधाम लग्ने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उक्त घटनामा संलग्न रहेको भन्दै विकका आफन्तले २८ जनामाथि मुद्दा दायर गरिएको थियो ।०८० मंसिर २८ मा अदालतले लोसपाका मधेश प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको सजाय सुनायो । अदालतको फैसलापछि शर्मा सम्पर्क विहिन छन् ।

महोत्तरीको ३(१)बाट शर्मा दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनलाई जन्मकैदको सजाय सुनाएपछि उनको क्षेत्रमा समर्थक र दलका नेता कार्यकर्ताहरू निरन्तर प्रदर्शन गरिरहेका छन् ।प्रदर्शनपछि कोणसभामा बोल्दै लोसपा मटिहानीका नगर अध्यक्ष मण्डलले मधेश आन्दोलनकारीमाथि लगाएको झुटा मुद्दामा अदालतले सुनाएको जन्मकैदको सजाय खारेज गर्नुपर्ने माग गरे ।उनले भने, ‘मधेश आन्दोलन अधिकार र पहिचानका लागि भएको हो । आन्दोलन सही र आन्दोलनकारी गलत हुन सक्दैन । सबै झुटा मुद्दा खारेज गर्नुपर्‍यो ।’

मधेश आन्दोलनपछि नै देशमा संघीयता आएको, मधेश प्रदेश बनेको, जनकपुरधाम राजधानी बनेको लगायतका उपलब्धि प्राप्त भएकोले आन्दोलनलाई बदनाम गर्नेगरी आन्दोलनकारीलाई अपराधी बनाउन नहुने उनको जिकिर छ ।साभार : नेपाल प्रेस

`
12 comments
सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..

काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..

1 दिन पहिले

प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..

जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..

1 दिन पहिले

जनकपुरमा रेल र कार आपसमा ठोक्किए

धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..

2 दिन पहिले

लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ..

ललितपुर, साउन २५ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कु..

2 दिन पहिले

कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले ..

काठमाडौं, साउन २४ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबा..

3 दिन पहिले