Janakpurdham
Wed, Aug 13, 2025
`

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ, माघ १ : प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व भोलि देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।  माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा भोलि विशेष मेलासमेत लाग्ने गर्छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ । 

सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ । 

मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ । 

साभार : काठमाडौं प्रेस

`
12 comments
सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..

काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..

1 दिन पहिले

प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..

जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..

1 दिन पहिले

जनकपुरमा रेल र कार आपसमा ठोक्किए

धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..

2 दिन पहिले

लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ..

ललितपुर, साउन २५ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कु..

2 दिन पहिले

कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले ..

काठमाडौं, साउन २४ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबा..

3 दिन पहिले