Janakpurdham
Wed, Aug 13, 2025
`

धनुषाधाममा मक्कर मेला शुरु

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाममाघ २ गते । मक्कर सङ्क्रान्तिको अवसरमा धनुषाको प्रसिद्ध धार्मिक महत्वको धनुषाधाममा  मक्कर मेला सुरु भएको छ ।  बिहानैदेखि भक्तजनहरू धनुषा मन्दिरमा पुगेर फूल, जल सहितका पूजाका सामग्रीहरु अर्पण गर्दै पूजा गरिरहेका छन् । एक महिनासम्म लाग्ने मक्कर मेला माघ १ गते जुनसुकै बार परे पनि लाग्ने भएपनि अरू दिनको हकमा प्रत्येक हप्ताको आइतबार तथा मङ्गलवारका दिन मेला लाग्ने गर्दछ । जनकपुरधाम करिब २२ किलोमिटरको उत्तर पूर्वको कुनामा रहेको धनुषाधाममा मेला भर्नका लागि नेपाल भारतबाट ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् । 

त्रेता युगमा तत्कालीन मिथिलाका राजा, राजर्षि जनकको प्रतिज्ञा पुरा गर्नका लागि अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीरामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको र त्यस मध्ये एक टुक्रा धनुषाधाममा खसेको मान्यता रहेको छ । धनुष आकारको देखिएको सो अलौकिक धातुको दर्शन गर्नका लागि वर्षभरि नै भक्तजनहरू धनुषाधामा पुग्ने गर्दछन् । 

साभार : रेडियो नेपाल

`
12 comments
सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..

काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..

1 दिन पहिले

प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..

जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..

1 दिन पहिले

जनकपुरमा रेल र कार आपसमा ठोक्किए

धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..

2 दिन पहिले

लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ..

ललितपुर, साउन २५ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कु..

2 दिन पहिले

कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले ..

काठमाडौं, साउन २४ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबा..

3 दिन पहिले