Janakpurdham
Fri, Oct 16, 2026
`

धनुषाधाममा मक्कर मेला शुरु

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाममाघ २ गते । मक्कर सङ्क्रान्तिको अवसरमा धनुषाको प्रसिद्ध धार्मिक महत्वको धनुषाधाममा  मक्कर मेला सुरु भएको छ ।  बिहानैदेखि भक्तजनहरू धनुषा मन्दिरमा पुगेर फूल, जल सहितका पूजाका सामग्रीहरु अर्पण गर्दै पूजा गरिरहेका छन् । एक महिनासम्म लाग्ने मक्कर मेला माघ १ गते जुनसुकै बार परे पनि लाग्ने भएपनि अरू दिनको हकमा प्रत्येक हप्ताको आइतबार तथा मङ्गलवारका दिन मेला लाग्ने गर्दछ । जनकपुरधाम करिब २२ किलोमिटरको उत्तर पूर्वको कुनामा रहेको धनुषाधाममा मेला भर्नका लागि नेपाल भारतबाट ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् । 

त्रेता युगमा तत्कालीन मिथिलाका राजा, राजर्षि जनकको प्रतिज्ञा पुरा गर्नका लागि अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीरामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको र त्यस मध्ये एक टुक्रा धनुषाधाममा खसेको मान्यता रहेको छ । धनुष आकारको देखिएको सो अलौकिक धातुको दर्शन गर्नका लागि वर्षभरि नै भक्तजनहरू धनुषाधामा पुग्ने गर्दछन् । 

साभार : रेडियो नेपाल

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

17 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

18 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

17 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

2 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

2 दिन पहिले