धनुषास्थित भारतीय सीमाक्षेत्रका पुल निर्माणमा भइरहेका अवरोध हटाउन छलफल
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,माघ ३ गते । धनुषास्थित भारतीय सीमाक्षेत्रका पुलको विवाद समाधानका लागि छलफल भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतको बिहार मुज्जफ्रपुरका लोकसभा सदस्य एवं भारतीय जनता पार्टीका नेता अजय निषादबीच भारतको मुज्जफ्रपुरमा मङ्गलबार छलफल भएको हो ।छलफलका क्रममा नेता निधिले धनुषाको नगराइन नगरपालिका र मुखियापट्टी मुसहरनिया पाउँपालिकासँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रका पुल निर्माणका लागि अवरोध हटाउन भारतीय पक्षलाई आग्रह गरिए पनि सुनुवाइ नभएकाले उच्चस्तरमै छलफल हुनुपर्ने अवस्था आएको बताए ।उनले दुवै देशका जनतालाई आवातजावतमा सहजताका लागि दुवैतर्फ सडक बने पनि वर्षौँदेखि पुल निर्माण हुननसकेकाले यो विषय जनप्रतिनिधिको चासोको विषय बन्नुपर्छ बताए।
छलफलमा भारतीय जनता पार्टीका नेता एवं सांसद निषादले पुल निर्माणमा भारतीय पक्षबाट भएको अवरोध समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो पार्टी नेतृत्वको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहमार्फत सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीसँग कुरा गरेर समस्या समाधान गर्ने जानकारी दिए।“नेपाल भारतको सम्बन्ध र दुवै देशका नागरिकलाई जोड्नका सीमा वा पुल अवरोध बन्नु हुँदैन । तर पनि केही समस्या छन् । निधिजीले भनेको पुलका समस्याबारे भारततर्फका अधिकारी र पत्रकारसँग पनि बुझेको छु”, सांसद निषादले भने, “यो गृह मन्त्रालयसँग सम्बन्धित विषय भएकाले म हाम्रो पार्टीका नेता एवं गृहमन्त्री अमित साहजीसँग व्यक्तिगरूपमै कुरा गर्छु । पुलको विषय धेरै ठूलो समस्या होजस्तो लाग्दैन । समाधानको पहल हुन्छ ।”
नेता निधिसँगै नेपालबाट नगराइन नगरपालिका प्रमुख विनयकुमार यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, सडक डिभिजन कार्यालय जनकपुधामका प्रमुख सिनियर डिभिजनल इन्जिनियर अरुणकुमार लाल कर्णलगायत प्राविधिक तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।
यहाँ नेपालको जटही र भारतको पिपरौन जोड्ने मुख्य जमुनी नदी राजघाटको पुललाई छ लेन सडकअनुसार स्तरोन्नति, नगराइन –६ लगमालाई भारतको लहरनियासँग जोड्ने झोलुङ्गे पुल, मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ स्थित जमुनी नदीको अखरहैर घाट र सोही पालिकाको वडा नं ५ बैरियाटोलस्थित थल्हीघाटस्थित निर्माणाधीन पुलमा भारतीय सुरक्षा बलबाट अवरोध भइरहेको जनगुनासो छ ।डिभिजन सडक कार्यालय जनकपुरका प्रमुख इन्जिनियर कर्णले उल्लेखित चारवटै पुल निर्माणका लागि आधाभन्दा बढी काम भइसके पनि पुलले आफ्नो भूमि छोएको भन्दै भारतीय पक्षले अवरोध गरेका कारण समस्या भएको बताए। अब उच्चस्तरबाट पहल भएमा मात्रै पुलको अवरोध हट्नसक्ने उनको भनाइ छ ।साभार : नेपाल प्रेस

कांग्रेसको एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन..
माेरङ, माघ २२ : नेपाली काङ्ग्रेसका नेता डा।शेखर कोइरालाले नेपाली काङ्ग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र स..
17 घन्टा पहिले
देशको नेतृत्व अब उज्यालो नेपाल पार्टीले गर्छ : कुलमान घि..
जनकपुर, माघ २२ : पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल प..
17 घन्टा पहिले
काठमाडौंबाट उड्नासाथ टर्किसको दायाँ इन्जिनमा आगलागी, क..
काठमाडौं, माघ २१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सक..
1 दिन पहिले
आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग..
काठमाडौं, माघ २२ : आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाल आज क्यानडासँग अन्तिम अभ्यास ख..
1 दिन पहिले
राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता
काठमाडौं, माघ २१ : राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्। बुधबार जापान टोक..
1 दिन पहिले