Janakpurdham
Thu, Aug 06, 2026
`

वीरगञ्जमा पनि भगवान् रामको मूर्ति स्थापना हुने, माछा मासु प्रतिबन्ध !

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,माघ ४ गते ।  भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिनमै वीरगञ्जमा पनि भगवान् रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गरिने भएको छ ।अयोध्यामा जनवरी २२ अर्थात् माघ ८ मा प्राण प्रतिष्ठा अनुष्ठान हुँदैछ । सोही दिन वीरगन्जको घडिअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा भगवान् रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गर्ने तयारी गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाले प्राण प्रतिष्ठाको कार्यक्रम राखेको छ । उक्त दिन वीरगञ्ज महानगरक्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्री वितरण लगायतका कार्य नगरिदिन महानगरले सूचना जारी गरेको छ ।सूचनाको अटेर गरेमा नियमानुसार कारबाही गरिने महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले जारी गरेको सूचनामा उल्लेख छ ।अयोध्यामा हुने भगवान् रामको प्राण प्रतिष्ठाको अवसरमा नेपालको विभिन्न स्थानमा कार्यक्रमको तयारी छ ।जनकपुरधामस्थित जानकी मन्दिरमा एक लाख २५ हजार दीप जलाउने बताइएको छ ।जनकपुरधामका मेयर मनोज साहले नगरवासीलाई दीपोत्सव गर्न अपिल गरेका छन् ।साभार : नेपाल प्रेस

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

2 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले