Janakpurdham
Wed, Aug 13, 2025
`

वीरगञ्जमा पनि भगवान् रामको मूर्ति स्थापना हुने, माछा मासु प्रतिबन्ध !

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,माघ ४ गते ।  भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिनमै वीरगञ्जमा पनि भगवान् रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गरिने भएको छ ।अयोध्यामा जनवरी २२ अर्थात् माघ ८ मा प्राण प्रतिष्ठा अनुष्ठान हुँदैछ । सोही दिन वीरगन्जको घडिअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा भगवान् रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गर्ने तयारी गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाले प्राण प्रतिष्ठाको कार्यक्रम राखेको छ । उक्त दिन वीरगञ्ज महानगरक्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्री वितरण लगायतका कार्य नगरिदिन महानगरले सूचना जारी गरेको छ ।सूचनाको अटेर गरेमा नियमानुसार कारबाही गरिने महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले जारी गरेको सूचनामा उल्लेख छ ।अयोध्यामा हुने भगवान् रामको प्राण प्रतिष्ठाको अवसरमा नेपालको विभिन्न स्थानमा कार्यक्रमको तयारी छ ।जनकपुरधामस्थित जानकी मन्दिरमा एक लाख २५ हजार दीप जलाउने बताइएको छ ।जनकपुरधामका मेयर मनोज साहले नगरवासीलाई दीपोत्सव गर्न अपिल गरेका छन् ।साभार : नेपाल प्रेस

`
12 comments
सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..

काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..

1 दिन पहिले

प्रधानमन्त्रीले साउन ३० गते मधेश प्रदेश प्रहरी भवनको उद..

जनकपुरधाम ,श्रावण २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको मधेश प्रदेश प्रहरीको नवनिर्मित भवनको..

1 दिन पहिले

जनकपुरमा रेल र कार आपसमा ठोक्किए

धनुषा, साउन २५ : जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएका छन् । थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्..

2 दिन पहिले

लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ..

ललितपुर, साउन २५ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कु..

2 दिन पहिले

कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले ..

काठमाडौं, साउन २४ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबा..

3 दिन पहिले