
पिएम कप : कर्णालीमाथि मधेसकाे जित
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडाैं, माघ ६ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेस प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ।टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले पराजित गरेको हो। जितका लागि २३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ दशमलव १ ओभर खेल्दा १ सय ७० रनमा समेटियो।कणालीका लागि अर्जुन घर्तिले अधशतकिय पारी खेल्दै ५८ रन बनाए। मधेशका राजेश यादवले तीन विकेट लिए।त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३१ रन जोड्यो। मधेशका लागि कप्तान हरिशंकर शाह र मयन यादवले समान ५०–५० रन बनाए। कर्णालीका दीपेन्द्र रावतले ४ विकेट लिए।५ खेलमा ३ जित निकालेको मधेश प्रदेश तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित भएको कर्णाली प्रदेश ४ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ।साभार : काठमाडौं पे्रस

कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले ..
काठमाडौं, साउन २४ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबा..
22 घन्टा पहिले
राष्ट्रपति पौडेलले दिए जनैपूर्णिमा तथा रक्षाबन्धनको शु..
काठमाडौं, साउन २४ : राष्ट्रपति रामचन्द्र पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवम् रक्षावन्धनको अवसरमा देश विदेशमा ..
22 घन्टा पहिले
दिल्लीबाट उद्धार गरिएका ४० जना नेपाली महिलालाई नेपाल ल्..
काठमाडौं, साउन २३ : भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरि नेपाल ल्याइएको छ..
2 दिन पहिले
जनमत पार्टीबाट उपाध्यक्ष साह निस्कासित
काठमाडौं, साउन २२ : जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई निष्कासन गरेको छ। साह यसअघि ६ महिनाका ला..
2 दिन पहिले
प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा द..
सप्तरी ,श्रावण २१ गते । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज र..
3 दिन पहिले