Janakpurdham
Tue, Sep 22, 2026
`

मुलुक कांग्रेसकै नीतिमा चलेको छ, सरकारका कामको अपनत्व पार्टीले लिनुपर्छ : कावा प्रधानमन्त्री खड्का

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं , माघ ६ गते ।  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताएका छन् ।आज नेपाली कांग्रेस जिल्ला समितिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले आयोजना गरेको प्रशिक्षणका क्रममा उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेस नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताए ।उनले आगामी महासमिति बैठक पछि महासमिति सदस्यहरू थप ठूलो आशा र भरोसा जाग्ने गरी अभियान पार्टीले सुरु गर्ने जानकारी पनि दिए ।कार्यवाहक प्रधानमन्त्री एवम् रक्षा मन्त्री समेत रहेका उपसभापति खड्काले कांग्रेसभित्र निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठूलो पङ्क्तिका बीच खटपट हुने नदिने गरी काम गर्नु पर्नेमा जोड दिए ।जनप्रतिनिधि र पार्टी पङ्ति मिलेर काम गर्दा जनप्रतिनिधिले गरेको काम पार्टीले अपनत्व लिने अवस्था हुने र जनताकाबीचमा जान थप सहज हुने उहाँको भनाइ थियो ।उपसभापति खड्काले १३औँ महाधिवेशनमा मासिक सबै तहका समितिको मासिक बैठक बस्ने गरी विधान संशोधन गरिएको तर सो अनुसार काम नभएको गुनासो गरे ।उनले आम जनताको विश्वास नेपाली कांग्रेसमा भएको भन्दै उक्त विश्वासलाई कायम राख्दै अगाडि बढ्न नेता तथा कार्यकर्तालाई सुझाव दिए ।

उनले संविधान निर्माण गर्दा जसरी कांग्रेसले अपनत्व लिएको थियो सोही अनुसार कार्यान्वयनमा पनि क्रियाशील भएर लाग्नुपर्नेमा जोड दिए ।‘संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसले नै नेतृत्व लिएको छ, आगामी दिनमा पनि कांग्रेसले गरेका राम्रा कामको अपनत्व लिनुपर्छ’, उनले भने ।२०४६ सालपछि विकास निर्माणको ठूलो काम कांग्रेसकै नेतृत्वमा सम्भव भएको तर त्यो काम जनताका माझ पुर्‍याउन नसकिएको उनको भनाइ थियो ।उनले पार्टी सुधार र रूपान्तरणका लागि भाषणले नहुने भन्दै आफूभित्रको कमजोरी स्वीकार गरी त्यसलाई नदोहोर्‍याउने गरी सुधार गर्नुपर्छ भने ।साभार : नेपाल पे्रस

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

22 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

22 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

3 दिन पहिले