
राम मन्दिरको प्राण प्रतिष्ठामा नेपालका ३ पालिकामा सार्वजनिक बिदा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,माघ ७ गते । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका दिन सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।कार्यवाहक नगरप्रमुख इसरत परविनले सूचना निकालेर प्राण प्रतिष्ठाको दिन सोमबार राजविराज नगरपालिका मातहतको सबै निकायमा बिदा रहेको जनाएकी छन्।
रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिका भित्रको घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न समेत उनले आग्रह गरेकी छन्। त्यस दिन नगरपालिकाभित्र माछा, मासु, मदिरा विक्रीवितरण बन्द गर्न समेत सूचनामार्फत अपिल गरिएको छ।जनकपुरधाम उपमहानगरपालिकाले पनि अयोध्यामा राम मन्दिरको उद्घाटन एवं प्राण प्रतिष्ठाका दिन उपमहानगरपालिका क्षेत्रभित्र माछा, मासु, मदिरा पसल बन्द गर्न आग्रह गरेको छ।उपमहानगरले आइतबार सूचना जारी गर्दै सनातनी हिन्दु धर्मावलम्बी तथा जगत जननी माता जानकीको जन्भूमि मिथिलावासीहरूका लागि अत्यन्तै हर्ष एवं आनन्दको क्षण भएको उल्लेख गरेको छ।
‘प्राण प्रतिष्ठाको दिन विश्वस्तरमा गरिने कार्यक्रमहरुको साथै जनकपुरधाम नगरवासी पनि उक्त दिन घर घरमा दिपोत्सव गर्नुको साथै घर नजिकै रहेको मठ मन्दिर, चौक चौराहा लगायत जानकी मन्दिर, राम मन्दिरमा समेत उपस्थित भई दिपोत्सव गर्न आह्वान गरिन्छ’, मेयर मनोज साहले जारी गरेको सूचनामा भनिएको छ।यस्तै प्राण प्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ ।कार्यबाहक नगरप्रमुख इसरत परविनले एक सूचना जारी गर्दै रामको प्राण प्रतिष्ठाको दिन मातहतको सबै निकायमा बिदा रहेको जनाएका छन् । सो दिन नगरपालिकाभित्र माछा, मासु, मदिरा बिक्री वितरण बन्द हुने सूचनामा उल्लेख छ ।साभार : विकास टाइम्स

कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले ..
काठमाडौं, साउन २४ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबा..
23 घन्टा पहिले
राष्ट्रपति पौडेलले दिए जनैपूर्णिमा तथा रक्षाबन्धनको शु..
काठमाडौं, साउन २४ : राष्ट्रपति रामचन्द्र पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवम् रक्षावन्धनको अवसरमा देश विदेशमा ..
23 घन्टा पहिले
दिल्लीबाट उद्धार गरिएका ४० जना नेपाली महिलालाई नेपाल ल्..
काठमाडौं, साउन २३ : भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरि नेपाल ल्याइएको छ..
2 दिन पहिले
जनमत पार्टीबाट उपाध्यक्ष साह निस्कासित
काठमाडौं, साउन २२ : जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई निष्कासन गरेको छ। साह यसअघि ६ महिनाका ला..
2 दिन पहिले
प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा द..
सप्तरी ,श्रावण २१ गते । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज र..
3 दिन पहिले