Janakpurdham
Sun, Aug 10, 2025
`

अयोध्याको मन्दिरमा प्राणप्रतिष्ठा, रामको ससुराली जनकपुरमा उत्सव

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,माघ ८ गते । भारतको अयोध्यामा राममन्दिरकमे प्राणप्रतिष्ठा हुन लागेको छ । यता रामको ससुराली जनकपुरधाममा आज उत्सवको माहोल देखिएको छ ।जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, हनुमान मन्दिर लगायतका स्थानमा भजन-कीर्तन चलिरहेका छन् । जानकी मन्दिरमा आज साँझ एक लाख २५ हजार दिप बाल्ने तयारी गरिएको छ । जनकपुरधामका मेयर मनोज साहले नगरबासीलाई दीपावली गर्न भनेका छन् ।जनकपुरधामका थुप्रै घरमा श्रीराम र हनुमान अंकित झण्डा ठड्याइएको देख्न सकिन्छ । घर, पसल र सडकहरु सिंगारिएको छ । सडकमा गुड्ने प्रायः सवारी साधनमा श्रीराम अंकित झण्डा लगाएको छ । 

प्राण प्रतिष्ठाको अवसरमा जानकी मन्दिरका छोटा महन्त रामरोषण दासले मुख्यमन्त्री सरोज कुमार यादवलाई ज्ञापनपत्र बुझाएर सार्वजनिक विदा नै दिन माग गरेका थिए ।प्रदेश सरकारले बिदा नदिए पनि मधेशका धेरै पालिकाले आज सार्वजनिक विदा दिएका छन् । वीरगञ्ज, राजविराज, लहान, सिरहा सदरमुकामलगायतका स्थानमा प्राण प्रतिष्ठाको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

भगवान रामको ससुराली (जनकपुरधाम) नेपाल हो । त्रेतायुगका भगवान रामको विवाह तत्कालीन मिथिलाका राजा जनककी पुत्री सीतासंग भएको रामायण ग्रन्थमा उल्लेख छ।

आज अयोध्यामा भगवान श्रीरामको प्राण प्रतिष्ठाको शुभमुहूर्त मात्र ८४ सेकेण्डको छ । दिउँसो १२ बजेर २९ मिनेट ८ सेकेण्डदेखि १२ बजेर ३० मिनेट ३२ सेकेण्डसम्म छ ।

शुभमुहूर्त काशीका ज्योतिषी पण्डित गणेशवर शास्त्री द्विदले रोजेका हुन् । यही शुभमुहूर्तमा रामललाको प्राण प्रतिष्ठा अनुष्ठान हुनेछ । यसका लागि १२१ वैदिक आचार्यलाई जिम्मेवारी सुम्पिएको छ ।

प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १०:२० बजे अयोध्या पुग्नेछन् । देश विदेशसहित ११ हजार अतिथिलाई आमन्त्रित गरिएको छ । समारोहमा करोडौं श्रद्धालु सहभागी हुने अनुमान छ ।

साभार : नेपाल प्रेस

`
12 comments
कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले ..

काठमाडौं, साउन २४ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबा..

23 घन्टा पहिले

राष्ट्रपति पौडेलले दिए जनैपूर्णिमा तथा रक्षाबन्धनको शु..

काठमाडौं, साउन २४ : राष्ट्रपति रामचन्द्र पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवम् रक्षावन्धनको अवसरमा देश विदेशमा ..

23 घन्टा पहिले

दिल्लीबाट उद्धार गरिएका ४० जना नेपाली महिलालाई नेपाल ल्..

काठमाडौं, साउन २३ : भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरि नेपाल ल्याइएको छ..

2 दिन पहिले

जनमत पार्टीबाट उपाध्यक्ष साह निस्कासित

काठमाडौं, साउन २२ : जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई निष्कासन गरेको छ। साह यसअघि ६ महिनाका ला..

2 दिन पहिले

प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा द..

सप्तरी ,श्रावण २१ गते । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज र..

3 दिन पहिले