धूमधामका साथ रामको प्राणप्रतिष्ठा : फूलले सिँगारियो अयोध्या
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, माघ ८ गते । अन्ततः आज (सोमबार) भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । पाँच सय वर्षको प्रतीक्षापछि आज भगवान् श्रीराम आफ्नो भव्य र दिव्य मन्दिरमा बास गरेका छन् । यसका लागि अयोध्या सहरलाई हजारौँ क्विन्टल फूलले दुलही झैँ सिँगारिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा अभिषेकको अनुष्ठान गरिएको हो । यो कार्यक्रम सोमबार मध्याह्न १२ः०५ बाट सुरु भई १२ः५५ बजेसम्म चलेको थियो ।
अयोध्यामा भएको रामलालाको जीवनको अभिषेक देशभर गुन्जिरहेको छ भने र यसलाई मानिसले दीपावलीजस्तै मनाइरहेका छन् ।
मूर्तिको अभिषेकपछि जनवरी २३ अर्थात् माघ ९ गते मङ्गलबारबाट मन्दिर सर्वसाधारणका लागि खुला गरिनेछ । अरुण योगीराजले भगवान् रामको ऐतिहासिक मूर्ति बनाउनुभएको हो भने बिहीबार मन्दिरको गर्भगृहमा ५१ इन्चको नयाँ मूर्ति राखिएको छ ।
भारतसँगै विदेशमा पनि रामललाको अयोध्यामा भएको प्राणप्रतिष्ठा कार्यक्रमको निकै चर्चा भइरहेको छ । यसैगरी, भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा आज जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।
राम मन्दिरको प्राणप्रतिष्ठाका अवसरमा एक लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती हुँदैछ । आजको दिनलाई उत्सवको रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गरिएको छ ।
राम मन्दिरको प्राणप्रतिष्ठाका लागि जानकी मन्दिरको तर्फबाट चाँदीका धनुषवाणलगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूललगायत तीन हजार बढी कोसेली अध्योया पठाइएको थियो ।
राम मन्दिरको प्राणप्रतिष्ठामा सहभागी हुन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र मन्दिरका उत्तराधिकारी रामरोशन दास बिहीबार नै अयोध्या पुग्नुभएको छ । अयोध्याको राम मन्दिरबाट निम्तो आएपछि उहाँहरू त्यसतर्फ जानुभयो ।
राम मन्दिरले नेपाल–भारत सम्बन्ध अझै प्रगाढ
प्राचीन मिथिलाको राजधानी अर्थात् वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको अयोध्याको सम्बन्ध त्रेता युगदेखि चलिएको सम्बन्ध हो । जनकपुरधाम र अयोध्याले दुबै देशको सम्बन्धलाई परापूर्वकालदेखि जोडेको छ भने अझै पनि नेपाल र भारतबिच वैवाहिक सम्बन्ध कायम छ ।
त्रेतायुगमा मिथिलाका राजा जनककी पुत्री माता जानकीसँग अयोध्याका राजा दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान रामको विवाह भएदेखि दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक, व्यापारिक र पारिवारिक रुपमा जोडिएदेखि नै दुई देशको सम्बन्ध गाँसिएको हो । त्यही परम्परालाई कायम राख्दै अझैं पनि नेपाल र भारतबिच वैवाहिक सम्बन्ध चल्ने गरेको छ ।
अहिले पनि मधेसको भूभागमा बसोबास गर्ने अधिकांश नेपाली नागरिकको विवाह भारतमा हुने गरेको पाइन्छ । भारतमा चेली विवाह गर्ने र भारतबाट बुहारी ल्याउने चलन पनि कायम छ मधेसको समाजमा । नेपाली चेली भारतमा विवाह गरेर बसेका छन् भने भारतीय चेली विवाह गरेर नेपालमा आएका छन् । दुई देशबिच वैवाहिक सिलसिला सदियौंदेखि चल्दै आएको छ ।
जनकपुरधामबाट रामलाई पठाइयो उपहार
जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । ‘श्रीराम मन्दिर प्राणप्रतिष्ठा’का लागि जनकपुरधाम–अयोध्या धाम यात्रासहित पुस ११ गते भार पठाइएको हो ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवम् नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायतले भार लिएर अयोध्या जाने टोलीलाई बिदाइ गर्नुभएको थियो ।

मैथिल परम्पराअनुसार छोरीको घरमा हुने शुभकार्यमा माइती पक्षबाट विशेषरूपमा कोसेली पठाउने गरिन्छ । सोही परम्पराअनुसार राममन्दिर उद्घाटनका अवसरमा माता सीताको माइतीपक्ष जनकपुरधामबाट एक हजार एक सय भारसहित त्यसतर्फ पठाइएको हो ।
कालीगण्डकी नदी किनारको शिला अयाेध्यामा
हिन्दुहरुको प्रसिद्ध धार्मिकस्थल भारतको अयोध्यामा भगवान् राम र सीताको मूर्ति बनाउन नेपालको कालिगण्डकीको शिला लगिएको छ ।
बेनी नगरपालिका ६ गलेश्वर क्षेत्रस्थित कालिगण्डकी नदी किनारमा पहिचान गरिएका दुईवटा शिलाको धार्मिक विधिअनुसार पूजापाठ गरिएको थियो ।
![]()
मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् राम र सीताको मुख्य मूर्ति बनाउन प्रयोग गरिने भएको हो ।
उक्त शिला उपहारस्वरुप दिइएको हो । अयोध्यामा शिला उपहारका समन्वयकर्ता एवम् नेपाली कांग्रेसका नेता निधिले गलेश्वर क्षेत्रस्थित कालिगण्डकीको शिला भारतको अयोध्यामा लग्दा नेपाल र भारतबिच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
साभार : गोरखापत्र
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
17 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
18 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
17 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
2 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
2 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने