मधेसका सभामुख भन्छन्– मुख्यमन्त्री सरोज यादवले ३० दिनभित्र लिनुपर्छ विश्वासको मत
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
वीरगन्ज, माघ १० गते । जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोज यादवले आगामी ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको छ ।सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि संविधानमा भएको व्यवस्था अनुसार मधेस प्रदेश सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रदेश सभामुख रामचन्द्र मण्डलले जनाए ।
जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार समर्थन गरेका थियौँ, तर संसदीय दलको निर्णय अनुसार आजैको मितिबाट समर्थन फिर्ता लिइएको छ ।’
जनमत पार्टीले प्रदेश प्रमुखलाई बुझाएको पत्रको बोधार्थ सभामुख र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत दिइएको छ । मधेस सरकारमा जनमत पार्टीबाट दुई मन्त्री सहभागी थिए ।
प्रदेशमा कुन दलको कति सांसद ?
मधेस प्रदेश सरकारमा ६ वटा दलको सहभागिता रहेकोमा जनमत पार्टी फिर्ता भएसँगै अब ५ दलमात्रै छन् ।
अङ्कगणितीय हिसाबले प्रदेशसभामा अझै पनि सरकार बहुमतमै देखिन्छ । प्रदेशसभामा एमालेको २३, कांग्रेसको २२, जनता समाजवादी पार्टीको १८, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ९, एकीकृत समाजवादीको ७, नागरिक उन्मुक्ति÷राप्रपा र अन्य गरी ३ र स्वतन्त्रका २ सांसद छन् । १०७ सदस्यीय प्रदेशसभामा कांग्रेस, जसपा, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादीका गरी ६५ सांसद हुन्छन्, जो प्रस्ट बहुमत हो ।
साभार : रातोपाटी
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..
काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..
17 घन्टा पहिले
‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..
कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..
17 घन्टा पहिले
सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..
धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..
2 दिन पहिले
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यला..
काठमाडौं, वैशाख २५ : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सु..
2 दिन पहिले
नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा..
काठमाडौं, वैशाख २४ : विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध..
3 दिन पहिले
-
‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यसको जवाफ सभापतिले दिनुपर्छ’
-
सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीको प्रदर्शन
-
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
-
नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा अनुमति अनिवार्य