मौन अविधमा शेखर कोइराला निवासमा चियापान
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
विराटनगर, माघ १० गते । निर्वाचन आचारसंहिता उलङ्घन गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निवास विराटनगरमा चियापान कार्यक्रम गरेका छन् ।कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि बोलाएर चियापान गरेका हुन् ।शून्य समयको बेला कोइरालाले उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारसंहिता छ ।
त्यसलाई उल्लङ्घन गर्दै कोइरालाले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईँलगायत सहभागी छन् ।चियापानमा कांग्रेसका कोशी प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भए ।बिहीबार राष्ट्रियसभाको निर्वाचन हुँदै छ । कोशीका दुई सिटमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ ।साभार : नेपाल प्रेस
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
22 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
22 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
2 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
3 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक