मिर्चैया अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,माघ १२ गते । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ ।अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाका ५ की २६ वर्षीया अल्का साहको सुत्केरी गराएको थियो । उनले छोरालाई जन्म दिइन् । तर उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पतालले रेफर गर्यो ।आफन्तले अल्कालाई विराटनगरको नोबेल अस्पताल लगियो । उपचारको क्रममा उनको बिहिवार दिउँसो मृत्यु भयो । उनको मृत्यु मिर्चैया अस्पतालकै लापरबाहीले भएको आफन्तको आरोप छ ।
अल्कालाई ब्यथा सुरुपछि बुधबार साँझ मिर्चैया अस्पताल लगिएको थियो । मृतक अल्काका पति इन्द्रजित साहले भने, ‘अत्यधिक रक्तस्राव भइरहेको जानकारी गराउँदा पनि चिकित्सकले केयर गरेन । ढिलोगरी बाहिर लग्न भन्यो । त्यसैले घटना घट्यो । मिर्चैया अस्पतालका चिकित्सकले चरम लापरवाही गरेका छन् ।’
अस्पतालकी डा। सरिका गोइत भन्छिन्, ‘अल्काको नोर्मल डेलेभरी भयो । बच्चा ठिक छ । डेलेभरी भएपछि केहिबेर रक्तस्राव हुन्छ र रोकिन्छ । उहाँको रक्तस्राव रोकिएन । यस्तो अबस्थामा आइसियूमा राख्नुपर्छ । तर यहाँ आइसियू छैन । त्यसैले बाहिर लग्न सुझाव दिएका थियौं ।’ुविराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा अल्काको मृत्यु भएको उनको आफन्तबाटै थाहा पाए,ु डा। गोइतले भनिन्, ‘विराटनगर लग्ने क्रममा बोदेबर्साइनमा रोकिएको थियो । त्यहांको पनि कुनै क्लिनिकमा देखाएको रहेछ । त्यहाँ के गर्यो?गरेन थाहा भएन ।’
उनका अनुसार डेलेभरी भएपछि केहिलाई प्राइमरी पिपिएस (पीपीएस) (पाठेघर खुमच्याउन नसक्ने) समस्या हुन्छ । यही समस्याका कारण अल्काको मृत्यु भएको हुनसक्छ । उपचारमा चिकित्सकको लापरवाही छैन ।साभार : नेपाल प्रेस
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
15 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
16 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
16 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
2 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
2 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने