
गाउँमा गएर बलश्रमिकको अवस्था बुझे सभामुख मंडल
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम १३ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मंडललाई ईटा भठामा बाध्य भएर बाम गर्ने बालकहरुले ९ बूँदे ध्यानाकर्षणपत्र शुक्रबार बुझाएका हुन । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ९ बैदहीमा बालश्रम गर्न बाध्य भएकाहरु संग भेट्न गएका सभामुख मंडललाई उनिहरुले संयूक्त रुपमा सो ध्यानाकर्षणपत्र बुझाएका हुन । सो ध्यानाकर्षण पत्रमा प्रदेशमा रहेका श्रमिक बालबालिकाहरुको लगत संकलन गरी नीति, योजना निर्माणका साथै कार्यान्वयनलाई प्रभावकारी बनाउन माग गरिएको छ । स्थानीय तहलाई बालश्रममुक्त पालिका बनाउन बालश्रमिक समेतको सहभागितामा बालभेला आयोजना गरी कार्ययोजना निर्माण गर्न माग गरिएको छ । स्थानीय तह बालश्रममुक्त घोषणा कार्यबिधि २०७७ को दफा १७ अनुसार श्रममा भएका बालबालिका समेतको सहभागितामा स्थानीय समन्वय समिति गठन गर्न समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । आसमान नेपालको लिसनिङ टु द एक्सपर्ट परामर्श बैठक अन्तरगत श्रमिक बालबालिका संग सभामुख कार्यक्रमको लागि बैदहीमा रहेको सामुदायिक विद्यालयमा १४ जना श्रमिक बालबालिका र उनिहरुका अभिभावक संगको भेट कार्यक्रममा बोल्दै सभामुख मंडलले बालबालिकाहरुलाई काम छाडेर तत्काल नै विद्यालयमा गई पढ्न आग्रह गर्नुभयो । ईटा भठामा बालबालिकालाई काममा लगाउनु सामाजिक अपराध रहेको बताउनुदै सभामुख मण्डलले उनिहरुको समस्या पनि सुन्नु भएको थियो । सभामुख संग बोल्दै बालश्रम गरिरहेका बालबालिकाहरुले आफुहरुले घरको ऋण तिर्न तथा घरपरिवार चलाउन बाध्य भएर काम गरिरहेको बताए थिए । बालबालिकाहरुको कुरा सुनेर सभामुख मंडलले ति बालिबालिकाहरुको पढाईका लागि प्रदेश सरकारले समेत सहयोग गर्ने आश्वासन समेत दिनुभयो । सो कार्यक्रममा बोल्दै बिदेह नगरपालिकाका मेयर बेचन दासले ती वडामा रहेको मुसहर समुदायका लागि ९ करोड २३ लाखको लागतमा ७० वटा घर बनाउने कामको थालनी गरिरहेको बताउनु भयो । उहाँले बाँकी रहेको मुसहरहरुको घर बनाउन सभामुखलाई समेत आग्रह गर्नुभएको थियो । दलितको नाउँमा विभिन्न संस्था तथा दलहरुले भजाउने काम मात्र गरेको बताउदै आफु मुसहर र दलितको हितैसी रहेको बताउनु भएको थियो । अत्यन्त जरजर अवस्थामा रहेको बैदहीको सामुदायिक विद्यालयको अवस्थामा सुधार ल्याउन आफु लागेको समेत उहाँले आश्वासन दिनुभयो । उहाँले भन्नुभयो विभिन्न गैर सरकारी संस्थाहरु संग समन्वयमा यस विद्यायको सुधारको काम हाी गछौँ’ बिदेह नगरपालिका वडा नं. ९ का वडाध्यक्ष बृजनन्दन मंडलको अध्यक्षतामा भएको सो श्रमिक बालबालिका संग सभामुख कार्यक्रममा विद्यालयका प्रधानाध्यापिका विनिता कुमारी पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुखी ठाकुर लगायतकाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा आसमान नेपालका लिसनिङ टु द एक्सपर्ट कार्यक्रमका संयोजक दिपेन्द्र कुमार तिवारीले कार्यक्रमबारे विस्तृत जानकारी गराउनु भएको थियो । सहभागीहरुलाई एडभोकेसी अफिसर गंगा सुवेदीले स्वागत गर्नुभएको थियो ।

कैलाली कारागार घटनाबारे छलफलका लागि गृहमन्त्री लेखकले ..
काठमाडौं, साउन २४ : कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबा..
20 घन्टा पहिले
राष्ट्रपति पौडेलले दिए जनैपूर्णिमा तथा रक्षाबन्धनको शु..
काठमाडौं, साउन २४ : राष्ट्रपति रामचन्द्र पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी एवम् रक्षावन्धनको अवसरमा देश विदेशमा ..
20 घन्टा पहिले
दिल्लीबाट उद्धार गरिएका ४० जना नेपाली महिलालाई नेपाल ल्..
काठमाडौं, साउन २३ : भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरि नेपाल ल्याइएको छ..
2 दिन पहिले
जनमत पार्टीबाट उपाध्यक्ष साह निस्कासित
काठमाडौं, साउन २२ : जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई निष्कासन गरेको छ। साह यसअघि ६ महिनाका ला..
2 दिन पहिले
प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा द..
सप्तरी ,श्रावण २१ गते । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज र..
3 दिन पहिले