Janakpurdham
Thu, Aug 06, 2026
`

गाउँमा गएर बलश्रमिकको अवस्था बुझे सभामुख मंडल

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम १३ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मंडललाई ईटा भठामा बाध्य भएर बाम गर्ने बालकहरुले ९ बूँदे ध्यानाकर्षणपत्र शुक्रबार बुझाएका हुन । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ९ बैदहीमा बालश्रम गर्न बाध्य भएकाहरु संग भेट्न गएका सभामुख मंडललाई उनिहरुले संयूक्त रुपमा सो ध्यानाकर्षणपत्र बुझाएका हुन । सो ध्यानाकर्षण पत्रमा प्रदेशमा रहेका श्रमिक बालबालिकाहरुको लगत संकलन गरी नीति, योजना निर्माणका साथै कार्यान्वयनलाई प्रभावकारी बनाउन माग गरिएको छ । स्थानीय तहलाई बालश्रममुक्त पालिका बनाउन बालश्रमिक समेतको सहभागितामा बालभेला आयोजना गरी कार्ययोजना निर्माण गर्न माग गरिएको छ । स्थानीय तह बालश्रममुक्त घोषणा कार्यबिधि २०७७ को दफा १७ अनुसार श्रममा भएका बालबालिका समेतको सहभागितामा स्थानीय समन्वय समिति गठन गर्न समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । आसमान नेपालको लिसनिङ टु द एक्सपर्ट परामर्श बैठक अन्तरगत श्रमिक बालबालिका संग सभामुख कार्यक्रमको लागि बैदहीमा रहेको सामुदायिक विद्यालयमा १४ जना श्रमिक बालबालिका र उनिहरुका अभिभावक संगको भेट कार्यक्रममा बोल्दै सभामुख मंडलले बालबालिकाहरुलाई काम छाडेर तत्काल नै विद्यालयमा गई पढ्न आग्रह गर्नुभयो । ईटा भठामा बालबालिकालाई काममा लगाउनु सामाजिक अपराध रहेको बताउनुदै सभामुख मण्डलले उनिहरुको समस्या पनि सुन्नु भएको थियो । सभामुख संग बोल्दै बालश्रम गरिरहेका बालबालिकाहरुले आफुहरुले घरको ऋण तिर्न तथा घरपरिवार चलाउन बाध्य भएर काम गरिरहेको बताए थिए । बालबालिकाहरुको कुरा सुनेर सभामुख मंडलले ति बालिबालिकाहरुको पढाईका लागि प्रदेश सरकारले समेत सहयोग गर्ने आश्वासन समेत दिनुभयो । सो कार्यक्रममा बोल्दै बिदेह नगरपालिकाका मेयर बेचन दासले ती वडामा रहेको मुसहर समुदायका लागि ९ करोड २३ लाखको लागतमा ७० वटा घर बनाउने कामको थालनी गरिरहेको बताउनु भयो । उहाँले बाँकी रहेको मुसहरहरुको घर बनाउन सभामुखलाई समेत आग्रह गर्नुभएको थियो । दलितको नाउँमा विभिन्न संस्था तथा दलहरुले भजाउने काम मात्र गरेको बताउदै आफु मुसहर र दलितको हितैसी रहेको बताउनु भएको थियो । अत्यन्त जरजर अवस्थामा रहेको बैदहीको सामुदायिक विद्यालयको अवस्थामा सुधार ल्याउन आफु लागेको समेत उहाँले आश्वासन दिनुभयो । उहाँले भन्नुभयो विभिन्न गैर सरकारी संस्थाहरु संग समन्वयमा यस विद्यायको सुधारको काम हाी गछौँ’ बिदेह नगरपालिका वडा नं. ९ का वडाध्यक्ष बृजनन्दन मंडलको अध्यक्षतामा भएको सो श्रमिक बालबालिका संग सभामुख कार्यक्रममा विद्यालयका प्रधानाध्यापिका विनिता कुमारी पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुखी ठाकुर लगायतकाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा आसमान नेपालका लिसनिङ टु द एक्सपर्ट कार्यक्रमका संयोजक दिपेन्द्र कुमार तिवारीले कार्यक्रमबारे विस्तृत जानकारी गराउनु भएको थियो । सहभागीहरुलाई एडभोकेसी अफिसर गंगा सुवेदीले स्वागत गर्नुभएको थियो ।

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

1 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

1 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले